मोल्फामा दमाह र ताल बजाएर सरकार विरुद्ध कांगेसको र्यालि

7
SHARES
15
VIEWS

कालीकोट । देशभरका स्थानिय तहमा सरकारी कदमको विरोध गरीरहेको नेपालि कांग्रेसले कालीकोटका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ ।

खांडाचक्र नगरपालिकाको मोल्फा बजारमा सयौं स्थानियको सहभागितामा विरोध प्रदर्शन गरिएको हो ।

उक्त कार्यक्रममा विरोध स्वरुप दमाह र तालि बजाएर प्रदर्शन गरिएको नेपालि कांग्रेसका युवा नेता टिकाराम उपाध्यायले बताउनु भएको छ । उक्त कार्यक्रममा प्रदेश खका प्रत्यासि उम्मेद्धार टेकराज शाही,महावै गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिंह,विष्ण बहादुर शाही, टिकाराम न्यौपाने लगाएतका नेताले सम्बोधन गर्न शुरु भएको छ ।

प्रधानमन्त्रि केपि शर्मा ओलिको असंबैधानिक कदमका विरुद्ध नेपालि कांग्रेसले देशभरका ३ सय ३० प्रदेश सभा गरिने विरोध सभाका कार्यक्रम अन्तरगत कालीकोटको निर्वाचन क्षेत्र क को मोल्फा र ख को रास्कोट आरसिपि बजारमा विरोध प्रदर्शन गरेको हो ।

यसै गरी नेपालि कांग्रेसले माघ ३ गते ७ सय ५३ वटा गाउँ तथा नगर र माघ ८ गते देशभरका ६ हजार ७ सय ४२ वडाहरुमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित