थिए म ब्यूझै
निहाली रहेथे घरी देश र पृथ्वीनारायणलाई
देखि रहेथे दुरुस्त अनेकतामा एकता
सम्झिरहेको हुन्थे टिस्टा कागडा
खुम्चिएको सिमानामा चुच्चे हासी रहेछ
अनेकौ कष्टमा एकता बाचिरहेछ
अंग्रेजका कट्किएका दाह्रामा
छट्पटिएकी नालापानीमा मेरी आमा रुदै
नवपथमा खोजी रहेछन् पृथ्वी नारायण
अनि
सुती सकेको हुन्छु म
निद्रामा इन्द्रीय मस्त जहा“
त्यती नै बेला
शैन्य पोशाकमा सजिएका राष्ट्र निर्माता
उभिएर चन्द्रागिरीमा उपत्यका हेरी रहेथे
टलपल उनका आ“खामा ढलपलिएको देश
कान्तिपुरमा हस्तिनापुर देखिरहेथे
भाला, तरबार, खुकुरीमा साध लगाइरहेका शैन्यहरु
हसिलो मुहारले गतिलो राष्ट्र निर्माणमा वीरताका लागि
जङ्गी पोशाकमा सजिएका वीर शैन्य आदेश खोजीरहेथे ।
जोडिएको हारमा जर्जरको धार
खुम्चिएको मेरो देशले बारमा धारको सार खोजिरहेछ
कञ्चनजङ्गाले अपिलाई हेरी रहेछ
अंग्रेज बिहिन उस्तै पञ्जाले स्वाधिन्ता घेरी रहेछ
सगरमाथा वीर गोर्खाली गौतम बुद्घ र सीता
अनेकौ धर्मशास्त्रको एकतामा पृथ्वी गीता ।
झट्ट हेर्छु फेरि
मौन चेहरामा स्तब्धता भड्किरहेछ
रंगिन दस्तापेजमा कोरा खस्रा टाङ्गिएका
कर्नाली सेती महाकाली पारिका लहरहरुमा
मेची भन्दा परका शहरका रहर कस्तुरीले छैन भुलेको
तिब्बतका पठार तराईको समतल फा“टमा
तिम्रै देन र देहको अभाव गरी रहेछ
देशको समृद्घिमा डा“फे मयुरले सोधिरहेछ
सार्वभौम सत्ताको साझा फुलबारी बहु जाती बगैंचाको माली
डाली आलीमा सारङ्गे धुन चरीले बजाएकै छ
आवहन एकीकरण स्तन्त्रताको नेपालमा ।
अस्त्र दधिची कै हो
शस्त्रका निम्ति तैनाथ छेउका सेनाका लस्कर
निशस्त्र अस्त्रमा बस्त्र चाहिदैन
एकता भन्दा ठूलो बल पाइदैन्
भङ्गको दङ्ग मेरो देश भएछ
सेता परेवा रक्तिम नहुन कतै
हे वीर योद्घा हो
उठौं हाते साङ्लो नाङ्लो बरियो र घरेलु औजार लिइ
कता कता बन्धुक पट्किसकेको हुन्छ
चन्द्र सूर्यका साथ फौज जुधेको हुन्छ
ऐया ! म झस्किन्छु
दौडिन्छु रगतमा देश बगेको हुन्छ
पौढिन्छु एकताको सागरमा
देख्छु नदेखेका पृथ्वी नारायण
सजाउ“नुछ स्वार्णिम अक्षरले
बजार्न बैरीलाई मेचीकाली उठी सकेको हुनेछ
देश पृथ्वीनारायण र म
अनेकतामा एकता नछुटोस्
प्रणाम मेरो कोटी कोटी
पृथ्वी जस्तै पाउ एक चोटी
गाउ“दै विगुल देउडा सेलोका भाकामा सोरठी ।
समाप्त
रास्कोट कला तथा साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।
Discussion about this post