क्रिकेट प्रतियोगितामा आर्मीको दोस्रो जित

7
SHARES
15
VIEWS

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दा बाग्मती प्रदेशले पनि सुखद सुरुआत गरेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गतको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हराएको हो। १ सय ९६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा सबै विकेट गुमाउँदा १ सय १५ रन मात्र जोडेपछि आर्मीले दोस्रो जित दर्ता गरेको हो। कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन जोड्दा ओपनर हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर बिपिन रावल र निश्चल रावल दोहोरो अंकमै रन बटुल्न असफल भएपछि कर्णाली ११.१ ओभरमा ३३–२ को स्थितिमा पुगेको थियो।

अर्का ओपनर हेमन्तले तेस्रो विकेटका लागि कप्तान रविन्द्रसँग २९ रनको साझेदारी गरेका थिए, त्यो नै कर्णालीका सर्वाधिक साझेदारी रह्यो। आर्मीका सुशन भारीले चार विकेट लिँदा साहब आलमले तीन तथा रोहितकुमार पौडेलले दुई र हरि चौहानले एक विकेट निकाले। लगातार दोस्रो जितपछि आर्मी चार अंकका साथ समूह ‘ए’ को शीर्षमा रहँदा एपिएफ दुई अंकसहित दोस्रो स्थानमा छ। कर्णाली, गण्डकी र प्रदेश–१ ले अंक खाता खोल्न सकेका छैनन्।

यस अघि टस जितेर ब्याटिङ रोजेको आर्मी ४३.१ ओभरमा १ सय ९५ रनमै अलआउट भएको थियो। ओपनर राजु रिजाल शून्यमै पवेलियन फर्किंदा आर्मीको खातामा १ रन मात्र थियो। आर्मीले थप २६ रन जोड्दा रोहितलाई ११ रनमा गुमाउन पुग्यो। त्यसपछि हरि चौहान ७ रनमा पवेलियन फर्किएपछि आर्मी ४२–३ को अवस्थामा पुग्यो। तर, ओपनर अनिलकुमार मण्डल र कप्तान विनोद भण्डारीले चौथो विकेटका लागि १ सय १५ रनको महŒवपूर्ण साझेदारी गर्दै आर्मीलाई सम्मानजनक योगफलतर्फ डोहो¥याए।

अनिलले १४ चौकाको मद्दतमा सर्वाधिक ८९ रनको योगदान गरे। कप्तान विनोदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतबाट ४१ रन जोडे। विनोदले शुक्रबार गण्डकी प्रदेशविरुद्ध अविजित १ सय ११ रन बनाएका थिए। आर्मीका राजेश पुलामीले १६ र लोकेश बमले १३ रनको योगदान गरे। कर्णालीका लागि राज शाह, दिवान पुन र दिनेश अधिकारीले समान दुई विकेट लिँदा रविन्द्र, युनिस र अनुज चुनाराले समान १÷१ विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको समूह ‘बी’ को पहिलो खेलमा बाग्मती प्रदेशले नेपाल पुलिसलाई सात विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। पुलिसले प्रस्तुत गरेको १ सय १२ रनको झिनो लक्ष्य बाग्मती प्रदेशले ९२ बल अगावै मात्र तीन विकेट गुमाउँदै पूरा गरेको थियो। बाग्मतीको सुरुआत राम्रो हुन सकेन र जसमा शीर्ष तीन ब्याट्सम्यान आकाश थापा १ रन, आदिल खान १२ रन र पारस खड्का १७ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित