संसद पुनरगठनको मुद्धाको सुनुवाई हुंदै

7
SHARES
15
VIEWS

काठमाडौं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सोमबार पनि सुनुवाइ सुरु भएको छ । अधिवक्ता दिनमणि पोखरेलले बहस सुरु गरेका छन् ।

हिजोको बहसमा रिट निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार नरहेको जिकिर गरेका छन् । उनीहरुले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको तर्क गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुरु भएको मुद्दाको सुनुवाइमा आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।

उनीहरुले दलभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानको धारा ७६ को कुनै पनि उपधारामा नभएको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित