काठमाडौं । काठमाडौंमा एटीएम मेशिन फोडेर पैसा चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति सवा २ बजे ठूलो भर्याङमा एनआईसी एसिया बैंकको एटीएम मेशिन फोडि नगद रकम चोरी गर्न खोज्ने बैतडीको महादेवस्थान गाउँपालिकाका कमलबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट मेशिन फोड्न प्रयोग हुने औजारसमेत बरामद गरिएको छ । प्रहरीले बेलैमा थाहा पाएकाले उनले नगद चोर्न नपाएको बताइएको छ ।
Discussion about this post