नेकपा प्रचण्ड माधव पक्षिय पत्रकारहरुको राष्टिय भेला शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड माधव पक्षिय पत्रकारहरुको काठमाडौंमा दोस्रो भे्ला शुरु भएको छ ।

पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठन,नेपाल आव्हान,प्रतिगमन विरुद्ध संचारकर्मिहरुको सामुहिक अभियान भन्ने मुल नाराका साथ शुरु भएको भेलामा नेपाल कम्युनष्टि पार्टी नेकपाका अध्यक्ष द्धय पुष्पकमल दाहाल(प्रचण्ड) र माधव कुमार नेपालको उपस्थितिमा शुरु भएको भेलामा योगेश भटराई लगाएतका नेताहरुले प्रतिगमन विरुद्ध संचारकर्मिहरुको कलम सहि ढंगले चल्नु पर्नेमा जोड दिनु भएको छ । उक्त भेलामा देशभरबाट सयौं पत्रकारहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रचण्ड माधव पक्षिय पत्रकारहरुको ठुलो संख्या रहेको बताइएको छ । प्रेस संगठनमा रहेका बहुमत केन्द्रिय सदस्यहरु संस्थापन पक्षमा रहेकाले केपि ओलि पक्षधर पत्रकारहरु न्युन संख्या रहेको बताइएको छ ।

संगठनका अध्यक्ष महेश्वर दाहालको नेतृत्वमा रहेको प्रेस संगठनमा भेलाबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित