कालीकोट । पचालझरना गाउँ पालिकामा पहिलो पटक क्षयरोग निवारण सम्बन्धि शिबिर गरिने भएको छ ।
स्वास्थ्य चौकी राम्नाकोट्को आयोजना,जिल्ला स्वास्थ कार्यलय कालीकोटको समन्वय तथा कर्नाली प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा क्षयरोग निवारण सम्बन्धी शिबिरका लागि बुधबार जारकोटमा महिला स्वास्थ्य स्वयम सेबिकाहरु सङ्गको छलफल भएको र १० गते शनिबार शिबिरमा खकार ल्याउन अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका जन स्वास्थ अधिकृत कटक महतले जानकारी दिनु भएको छ ।
त्यसै गरी उक्त सिबिरबाट फाइदा लिन पचालझरना गाउँ पालिका अध्ययक्ष खडगराज सेजुवालले समुदायलाइ अनुरोध गर्नु भएको छ ।
Discussion about this post