नेकपा(माओवादी)ले थालेको नेपालि जनयुद्ध एक वर्ग संघर्षको नयाँ पहिचान दिने शक्तिशालि आन्दोलन थियो । जुन आन्दोलनले विश्व चकित बनायो ।नेपालमा २ सय ३८ वर्ष शासन गर्दै आएको सामान्ति राजतन्त्रलाई नाम निशान नदेखिने गरी निमिट्यान्न बनाउने काम गरेर नेपालमा गणतन्त्र आउन सफल भएको हो । नेपालमा जनयुद्धको जगमा भएको जनआन्दोलन पछिको लोकतान्त्रिक गणतन्त्र र संघियताले पूर्णता पाएको छ । सोही जनयुद्धमा सहभागि भई शान्ति वार्ताका समयमा २०५९ सालमा संगठन सुदृढ अभियानका क्रममा बझाङ जिल्लामा जाने क्रममा तत्कालिन शाही सेनाले नियन्त्रणमा लिई लामो समय जेल जिवन विताई आन्दोलनमा फर्किनु भएका हालका नेकपा कालीकोटका सचिवालय सदस्य तथा पचालझरना गाउँ कमिटि अध्यक्ष पौरख विक(प्रमोद) संग कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको सारसक्षिप्त अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
तपाईको राजनैतिक यात्रा कहिले कसरी शुरु भयो ?
पहिलो त मैले अध्ययन गर्ने ज्ञानोद्धय मावि राम्नाकोटमा पढ्ने क्रममा राणा शासनका विरुद्ध लडेको शहिद विर बहादुर कथा बाट म प्रभावित भएको थिए । तत्कालिन समयमा जनयुद्धको प्रभाव शुरु हुन थालेको कक्षामा पढाइ पनि अन्याय सहनु हुन्न भन्ने कुराको स्मरण गरायो । राम्नाकोटमा पढदा रांके जुलुस हासो ठट्टामा १३ वर्षको उमेरको प्रभाव शुरु भएको हो ।
दोस्रो कारण भनेको राजनैतिक क्षेत्रमा लाग्नका लागि राति राति रांका जुलुस गर्ने देख्दा हामी पनि ठट्टै ठट्टामा रांका बाल्ने र सोही अनुसार हाम्रा अग्रजहरु संग हामी पनि सहभागि भएर रांका बाल्ने काम भयो पछि २०५७ साल पौष २७ मा कुम्भ बोगटी को नियन्त्रणमा लिएर मारियो । हामी रांका बाल्नेहरु सबैको नाम जिल्लामा गयो भन्ने प्रचार भयो । यसरी घरमा बसेका मान्छेको हत्या भइहाल्यो भने हामी पनि त के कम मर्नु पर्छ भन्ने कुरा मनमा आयो र शहिद विर बहादुरलाई स्मरण भयो । समाजमा अन्याय अत्यचार ज्यादा हुने त्यो सहन पनि सकिएन ? सबै पाटा पक्षले प्रभाव पारेका कारण जनयुद्धमा सहभागि हुने अवसर मिलेको थियो । पढ्ने क्रममा २०५९ सालमा आफु पनि जनयुद्धमा होमिने काम भयो ।
जनयुद्धका दिनहरु कसरी विते ?
जनयुद्धमा सहभागि भएको छोटो समयमा जिल्ला बाहिर अभियान जाने क्रममा बझाङ जिल्लामा युद्धविरामको समयमा म लगाएत पचालझरना निवासि महिला नेतृ अल्किना बम(बविता),तुलसरा कठायत(विनिता)।अछामका धु्रव विष्ट(मुस्कान) गरेर ११ जना साथिहरु जनयुद्धमा सहभागि भएको करिव ३ महिना पछि २०५९ साल साउन २३ गते गिरप्तार(जेल) पर्ने काम भयो । लामो समय सम्म जेलजिवन विताउने काम भयो । जहाँ जनयुद्धमा लागेका कारण पाउन सम्म दुःख यातना पाइयो ।जनयुद्धमा सहभागि हुनु भन्दा पहिले युद्धको अनुभव प्राप्त गरीसकेको अवस्थामा युद्धमा सहभागि भएपछि छोटो समयमा जनयुद्धको वास्तविक धरातलिय यथार्ततालाई मध्यनजर गर्दै वर्ग संघर्षको आवश्यक्तालाई महत्वबोध दिएर अघि बढ्नु पर्छ भन्ने भयो आफुलाई पार्टीले दिएको जिम्मेवारी अनुसार पुरा गर्ने क्रममा शान्ति वार्ताको अवधिमा पक्राउ पर्दा जहांँ सम्म पार्टीले पहल गर्छ भन्ने थियो । तर युद्ध विराम भंग भएपछि हामीलाई लागेको थियो जसरी पनि मार्छ होला तर यातना दिएर आत्मसमर्पण गराउन निकै प्रयास गरेको थियो तर केही साथिहरुले आत्मरक्षाका लागि गरेपनि आफुहरु. लगाएत केही कामरेडहरु निरन्तर पार्टी क्रान्तिलाई आत्मसाथ गरेर जति यातना दिएपनि कठोर भएर प्रतिवाद गरेर अघि बढयौं । हामीले जेलमा परेको १ हजार १ सय ११ दिन सम्म जेलजिवन भोगेर आउने काम भएको थियो ।
जेलमा रहदाँ के सोच्नु हुन्थ्यो ?केही कल्पना गर्नु हुन्थ्यो ?
पहिलो चरणमा हामीलाई बझाङ जिल्लाको सैन्य क्याम्प लगियो हामीले सोचेका थियौं वार्ता भइरहेको छ अवस्या रिहाइ हुन्छौ भन्ने थियो तर अपसोच वार्ता भंग भएपछि हमीलाई यातना दिन शुरु भयो र जसरी पनि हामीलाई कुन दिन मार्छ भन्ने लागेको थियो । अन्तिम पटक दाङको हापुरेमा वार्ता भंग भएकै दिनमा आंखामा पट्टि लगाइएको थियो । सैन्य क्याम्पमा लग्दा एक जना महिलाको आवाज सुनियो आज त धेरै सिकार ल्याउनु भयो त ? उसले भन्यो हो ।अब कुन दिन हुन्छ सिकार गर्नु पर्ला भन्यो । हामीलाइै पार्टीको योजनाका बारेमा सोधपुछ गर्दै हातका औंला र खुट्टाको कुर्कुचामा आलपिन हान्ने देखि निरन्तर आंखामा पट्टि लगाइयो । लामो समय पछि हिरासतमा राखेर हामीलाई हेलिकप्टरमा राखेर लगियो त्यति बेला हामीलाई कहाँ लिएर मार्ने हो भन्ने थियो तर खप्तड राष्टिय निकुञ्जमा लिएर खाना खुवाएर पानिको पोखरीमा बरफ जमेको ठाउँमा दुइ देखि तिन घण्टामा राख्ने गरिन्थ्यो । हामीहरुले त्यो सामाना गर्ने काम भयो ।
“दशैंको दिन रहेछ हाम्रा आंखाको पट्टि खोलियो त्यो दिन आंखाका पटिट् खोल्दा आंखा पनि नदेखिने भइसकेका थिए ।त्यो दिन पहिलो पटक हामीलाई मासु सहित भात अन्य दिनको भन्दा बढि दिएको थियो भर्खर भातको थालमा हात हालेर खाउँ भन्ने बेलामा सेनाको अफिर आइपुगेपछि बडो आज त यिनिहरुलाई मासु भात के सशुरालि आएका हुन मासु भात खाने ? उसले भन्यो कुकुरले पनि खान छोडेपछि बचेको बासि मासु दशैंको दिन भएका दिएको हुं भन्दा अफिसरले भन्यो कुकुरले नखाएपछि नालामा फाल्नु पर्ने किन दिएको ? सबैको खोसेर फालि दे नालामा फाल भनेपछि खान नपाएको भात खोसियो । अनि भात नखाएकोे थाल धुन लगाइएको । बल्ल हामीलाई थाहा भयो आज दशैं रहेछ भनेर केही साथिहरुले रुवाबासि गरे ।”
एक दिन हामीले पोखरीमा राख्ने क्रममा हामीलाई लिने सेनालाई समेत पोखरीमा तानेर फाल्ने सल्लाह गरेका थियौं सो समयमा २ जना साथिले असहमति जनाएका थिए । हामीले सेनालाई समेत पोखरीमा लिएपछि अवस्या गोलि हान्छ भन्ने थियो ।
संयोगबस त्यो योजना सफल भयो । हामीले त्यो सैनिकलाई तानेर बरफमा लग्यौं त्यहि क्रममा सेनालाई कुटपिट समेत गरियो । त्यो दिन हामीलाई मार्ने आदेश त रहने छ । दिन सम्मको यातना दियो । यातना दिने क्रममा जसले हाम्रो सल्लाह हैन असहमति हो भन्दा झुटो बोल्ने भनेर बेस्सरी योतना दियो । त्यसपछि हामीलाई जसरी पनि मार्दैन भन्ने लागेको थियो । त्यसको केही समय पछि दशैंको दिन रहेछ हाम्रा आंखाको पट्टि खोलियो त्यो दिन आंखाका पटिट् खोल्दा आंखा पनि नदेखिने भइसकेका थिए ।
त्यो दिन पहिलो पटक हामीलाई मासु सहित भात अन्य दिनको भन्दा बढि दिएको थियो भर्खर भातको थालमा हात हालेर खाउँ भन्ने बेलामा सेनाको अफिर आइपुगेपछि बडो आज त यिनिहरुलाई मासु भात के सशुरालि आएका हुन मासु भात खाने ? उसले भन्यो कुकुरले पनि खान छोडेपछि बचेको बासि मासु दशैंको दिन भएका दिएको हुं भन्दा अफिसरले भन्यो कुकुरले नखाएपछि नालामा फाल्नु पर्ने किन दिएको ? सबैको खोसेर फालि दे नालामा फाल भनेपछि खान नपाएको भात खोसियो । अनि भात नखाएकोे थाल धुन लगाइएको । बल्ल हामीलाई थाहा भयो आज दशैं रहेछ भनेर केही साथिहरुले रुवाबासि गरे । त्यस पछि हामिलाई कारागार लिने काम भयो । बन्द पर्खाल भित्रको खुला संसारमा गएपछि त्यहाँ भित्रको व्यवस्थापन ठिक थिएन ।
हिरासत र कारगारमा के फरक रहन गयो ?
हिरासतमा रहंदाको समयमा आंखामा पट्टि लगाउन देखि चरम यातना दिने काम भएको थियो । कारागारमा आइसके पछि त्यहाँको अस्तव्यस्तलाई सुधार गर्ने योजना बनायौं । त्यसका लागि हामीले कारागार प्रशासनलाई ६ बुदे माग राखेका थियौं ।
ति मागहरु सबै सफल भएनन मात्र ३ वटा माग पुरा भएका थिए । जस्मा कारागारमा सुचना संचारका लागि पत्रपत्रिका र टेलिभिजनको व्यवस्थापन गरियो, खेलकुदका लागि क्यारामबोर्डको व्यस्थापन भयो, अध्ययन गर्नका लागि वातावरण भयो म लगाएत केही साथिहरुले एसएलसि दिने काम भएको थियो । हामीले सोही समयमा कारागारमा रहँदा धेरै कुरामा सुधार गरेका हिरासत र कारागारमा आकाश पातलमा फरक थियो ।
तपाइलाई जेलजिवन पछि को राजनैतिक यात्रा र अहिलेको जिम्मेवारीमा कस्तो महसुस छ ?
म राजनैतिक हैसियतमा एरिया कमिटि सदस्य र अनेरास्ववियु(क्रा)को जिल्ला सदस्य रहेको बेला गिरफ्तार भएको र सो समयमा अनेरास्ववियु(क्रा) कालीकोटले मलाई रिहाइको लागि दुइ पटकको जिल्ला सम्मेलनले पहल गरेको थियो ।
२०६२।२०६३को जनआन्दोलन पछि रिहाइ हुंदा अनेरास्ववियु(क्रा)कालीकोटले मलाई सचिव बनाएको थियो ।म अखिल(क्रा)को जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य,केन्द्रिय सचिव भएर केन्द्रिय उपाध्यक्षमा उम्मेद्धार भएर लडियो झिनो मतले पराजय भोगेको थिए भने नेकपा(माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य समेत भएको थिए । पचालभरना गाउँ पालिकाको पार्टीको संयोजक भएको थिए । पछिल्लो समयमा नेकपा एकता भइसके पछि मलाई जिल्ला सचिवालय सदस्य तथा पचालझरना गाउँ कमिटिको अध्यक्षको जिम्मेवारीमा रहेर कुशलता पूर्वक पुरा गर्ने तिर लागि परेकोे छु । अब भविष्यको जिम्मेवारी पाएको खण्डमा पचालझरनालाई नमुना बनाउन लागि पर्ने छु ।
“ लामो समय पछि हिरासतमा राखेर हामीलाई हेलिकप्टरमा राखेर लगियो त्यति बेला हामीलाई कहाँ लिएर मार्ने हो भन्ने थियो तर खप्तड राष्टिय निकुञ्जमा लिएर खाना खुवाएर पानिको पोखरीमा बरफ जमेको ठाउँमा दुइ देखि तिन घण्टामा राख्ने गरिन्थ्यो । हामीहरुले त्यो सामाना गर्ने काम भयो । एक दिन हामीले पोखरीमा राख्ने क्रममा हामीलाई लिने सेनालाई समेत पोखरीमा तानेर फाल्ने सल्लाह गरेका थियौं सो समयमा २ जना साथिले असहमति जनाएका थिए ।
हामीले सेनालाई समेत पोखरीमा लिएपछि अवस्या गोलि हान्छ भन्ने थियो ।संयोगबस त्यो योजना सफल भयो । हामीले त्यो सैनिकलाई तानेर बरफमा लग्यौं त्यहि क्रममा सेनालाई कुटपिट समेत गरियो । त्यो दिन हामीलाई मार्ने आदेश त रहने छ । दिन सम्मको यातना दियो । यातना दिने क्रममा जसले हाम्रो सल्लाह हैन असहमति हो भन्दा झुटो बोल्ने भनेर बेस्सरी योतना दियो । त्यसपछि हामीलाई जसरी पनि मार्दैन भन्ने लागेको थियो । ”
पार्टी र स्थानिय सरकार विचको सम्बन्ध के कसरी अघि बढेको छ ?
पचालझरनमा पार्टी र सरकार विच निकै सुमधुर सम्बन्ध रहेको छ । पार्टीले रकारलाई झिना मसिना कुराको आलोचनालाई भन्दा पनि रचनात्मक सुझाव दिने काम भएको छ ।पचालझरनाका ४६ जना शहिद परिवारको सम्मान गर्ने कामकोे शुरुवात पचालझरना सरकारले गरेको छ । जहाँ शहिद प्रतिक्षालय तथा सालिक निर्माण गरिएको छ । पार्टी संगठनका काम सबैको सहयोगमा अघि बढेका छन ।पहिलेको संगठन भन्दा नमुना ढंगले अधि बढेको छ ।
निरन्तर रुपमा नभएपनि निश्चित समयमा पार्टीले शहिद परिवारको घरमा जनश्रम गर्नका लागि योजना बनाएको छ । अहिलेको अवस्थामा पार्टी र सरकार संग संगै अघि बढ्नका लागि पार्टी एक किसिमले सल्लाहकार मात्र हो । सरकारका छुट्टै संरचना,निति विधि छन ।
सोही अनुसार अघि बढ्ने हो त्यो पनि जनताको लागि हो । हामीले पनि सोही अनुसार सुझाव सल्लाह दिदै आएका छौं ।
पचालझरना गाउँ पालिका त भाग्यशालि हो ?कर्नालि प्रदेशका मुख्यमन्त्रि पालिका हो के भइरहेको छ मुख्यमन्त्रिबाट पचालझरनामा के गरिएको र के गर्नु पर्छ भन्ने लाग्छ ?
हामीलाई गौरव लागेको छ संघियता स्थापना पछिको कर्नालि प्रदेशको मुख्यमन्त्रि कालीकोट जिल्ला भित्रको पचालझरना गाउँ पालिकाले पाउनु । हुन त माथिल्लो ओहदामा पुगेपछि सबै ठाउँ हेर्नु पर्छ आफैले पचालझरनामा केन्द्रित गर्न पनि कठिन होला तर कुरा रह्यो सहयोगको अपेक्षा अन्य पालिका भन्दा बढि अपेक्षा पचालझरना बासिले गर्नु अनौठो भएन जति अपेक्षा गरेका थियौं त्यति नभएको हामीलाई भान भएको छ । विकास निर्माणका काम देखि अन्य क्षेत्रमा पचालझरना गाउँ पालिकालाई प्राथमिकतमा राख्नु पर्ने हो मुख्यमन्त्रिको पुगेको छैन ।
जनता भेटघाट गाउँमा आउनु पर्ने हो भएन, पचालझरनालाई राष्टिय स्तरमा लिन सक्नु भएन ? विकास निर्माणका काम कमै भएका छन । समग्र कर्नालि प्रदेशको हकमा बाहिर उठ्ने गरेका कुरा सुर्खेत देखि सडकको स्तरउन्नति, जितेको पुल,कर्नाली करिडोरको व्यवस्थापन जरुरी हो ? अहिले मुख्यमन्त्रिको सिमित मान्छे संग भेटघाट गर्ने गरिएको छ ।ति कमजोरीलाइ मुख्यमन्त्रिले सुधार गर्ने पर्छ भन्ने हो । पछिल्लो समयमा सुधारको काम क्रमस बढेको छ । तर पनि त्यतिले पुग्दैन कि ?
त्यसो भने पचालझरनाको विकास ओझेलमा परेकै हो त ?
पचालझरना ओझेलमा परेको छैन । पचालझरनाको प्रचार प्रसार र प्रवद्धनका लागि कर्नालि प्रदेश पत्रकारहरुको भेला गर्नु,स्थानिय सरकारले प्रचार प्रसार गर्नुका साथै प्रदेश सरकारले निरन्तरताको काम अघि बढाएको छ । प्रदेश सरकारले पचालझरनाको फेदी सम्मको र्यालिङ सहितको बाटो, बस्नका लागि आवासको व्यवस्थापन,हेर्नका लागि प्रतिक्षालयको निर्माण देखि थुप्रै काम भएका छन । तर पनि नेपालको अग्लो झरनाको रुपमा पचालझरनालाई मन्त्रि परिषद मार्फत पर्यटन मन्त्रलाय द्धारा पर्यटन बोर्डमा सुचिकृतको सवालमा पुगेको छैन मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको कार्यकालमा हुनु पर्छ भन्ने हो । अबको दिनमा सम्भव ठानेको छु ।
अबको भावि दिनहरुमा के गर्ने सोच रहेको छ ?
मैले भविष्यमा मैले पार्टीले दिएको जिम्मेवारी पुरा गर्नका लागि जस्तो सुकै कठिन अवस्थाको सामना गर्ने छु भन्ने लाग्छ । मैले कल्पना गरेको भनेको हिजो म राजनैतिक क्षेत्रमा लाग्ने क्रममा नबुझेर अघि बढेको थिए भने अहिलेको अवस्थामा पचालझरनालाई औधोगिकरण कसरी बनाउन सकिन्छ । यहाँका समुदायका लागि परनिर्भरतालाइ हटाउने र आत्मनिर्भर कसरी बनाउने हो । समाज परिर्वतन र देश रुपान्तरणका लागि सर्वहारा वर्गको अभिभारा पुरा गर्न पहिलो दायित्व हुने छ ।
जिम्मेवारी लिन पाइएमा जल,जंगल र जमिनको प्रयोग गरेर औधोगिक क्षेत्रमा गाउँ लैजाने सोचमा रहेको छु । आगामि दिन के कस्ता हुन्छन र रहने हुन हामी कस्तो अवस्थामा अघि बढ्ने हो राजनैतिक परिस्थिति कस्तो रहन्छ ? त्यो भावि दिनले बताउला ।
अन्तमा पचालझरना बासिलाई के भन्नु हुन्छ ?
मैले पार्टीको जिम्मेवारी लिए पछि संगठनलाई सुदृढ बनाएको छ पार्टी संगठन एक ढिक्का भएर अघि बढेको छ । पार्टी सरकार एक भएर अघि बढ्ने हो । सरकारले पचालझरना बासिका लागि जे जति गरेको छ शन्तोष जनक छ । आगामि दिनमा पार्टी सरकार समन्वय सहकार्य मार्फत अघि बढेर जनताका आधारभुत आवश्याक्तालाई पहिलो प्राथमिकतामा राखिने छ । धन्यावाद
Discussion about this post