स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेश निषेध !

7
SHARES
15
VIEWS

काठमाडौं/वैशाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ ।

यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् । उनीहरुले ‘माथि फोन गर्नुस्, बोलाए मात्र जान पाउनुहुन्छ’ भन्दै पत्रकारलाई भित्र पस्न दिएका छैनन् ।

स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए ।

अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराए पछि भेट्ने व्यक्तिको फुर्सद भए मात्र पत्रकारले भित्र जान पाउनेछन् ।

मन्त्रालयमा अरु मानिसहरुको आवत जावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् ।

मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट स्वास्थ्य मन्त्रालयको सूचना दिन कडाइ गरिएको छ । तर मन्त्रालयबाट अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित