पचालझरनामा क्षयरोग निवारण सम्बन्धि शिविरमा उल्लेखनिय सहभागिता

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा शनिबार शुरु भएको क्षयरोग निवारण सम्बन्धि शिविरमा  जेष्ठ नागरिक तथा समुदायको उल्लेखनिय सहभागित भएको छ ।

गाउँ गाउँ बाट उक्त शिविरमा सेवा लिन समुदायको सहभागिता भएको बताइएको छ । पचालझरना गाउँ पालिकाको राम्नाकोट स्वस्थ्य चौकीमा संचालन भएको शिविरमा क्षयरोग सम्बन्धि सेवा लिन समुदायको उपस्थिति रहेको पचालझरना गाउँ पालिका स्वस्थ्य शाखाले जनाएको छ ।

स्वस्थ्य शाखा जारकोटका अनुसार सबै वडाहरुबाट महिला तथा पुरुषहरुको सहभागिता रहेको बताइएको छ । यस अघि पचालझरनाका महिला स्वस्थ्य स्वंयम सेविकाहरुलाई अभिमुखिकरण गरेर खकार ल्याउन भनिएको थियो । उक्त शिविरमा कर्नालि प्रदेश स्वस्थ्य निर्देशनालयको स्वस्थ्य कर्मिहरुको उपस्थितिमा शिविर शुरु भएको छ ।

गाउँमा शिविर संचालन भएकोमा स्थानिय खुशि भएका छन । उपचारमा आएका पचालझरना ३का स्थानिय धन कठायतले आफुलाई टाढा जान नपाएकोमा के कस्तो छ भन्ने जानकारी नपाएकोमा गाउँमा सेवा लिन पाउदा खशि भएको बताए ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका जनस्वस्थ्य अधिकृत कटक महतको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित