सुर्खेत,बैशाख, कोरोना भाइरसका कारण देशभर कोरोना संक्रमितको संख्या बढे संगै पत्रकारहरुमा समेत संक्रमित देखिए संगै कर्णालि प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारहरुलाई स्वस्थ्य परिक्षण गर्न नेपाल पत्रकार महासंघ,कर्णालि प्रदेश समितिले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ कर्णालि प्रदेशका १० वटै जिल्लाका पत्रकारहरुका लागि कर्णालि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्लामा रहेका स्वस्थ्य संस्थ्य सेवा कार्यालय, अस्पताल मार्फत कोरोना भाइरस परिक्षण गर्ने भनिएको छ ।
जोखिम पूर्ण पत्रकारिता गरिरहेका पत्रकारहरुलाई समन्वय गरी स्वस्थ्य जांच परिक्षण गर्न अनुरोध गरिएको छ । साथै विज्ञप्तिमा पत्रकारहरुलाई जिल्ला शाखा मार्फत आवश्यक स्वस्थ्य सुरक्षा सामाग्रि प्रदान गर्ने समेत उल्लेख गरिएको छ ।
Discussion about this post