चीनद्वारा दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

7
SHARES
15
VIEWS

बेइजिङ । चीनले सन् २०२० मा झण्डै दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ ।

चीनले एक वर्षभित्रमा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको हो । यो अघिल्लो वर्षको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी रहेको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुराएको विभागले जनाएको छ । प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढेको देखिएको छ ।

डिसेम्बरमा मात्रै चीनले १३ दशमलव ७ अर्ब घन मिटरबाट १८ दशमलव ७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ ।

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ५ दशमलव ३ प्रतिशतले बढी हो ।

कोइलालाई विस्थापन गर्दै वातावरणमैत्री इन्धनको प्रयोग बढाउने क्रममा चीनमा प्राकृतिक ग्यासको माग बढ्दो छ । चीनसहित अमेरिका र रूस विश्वमै प्राकृतिक ग्यास बढी प्रयोग गर्ने देशहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित