मृतक लेखकको अभिभावकत्व हामी लिन्छौ — मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । हृदयघातका कारण मृत्युु भएका रास्कोट नगरपालिका ४ निवाशी परेक बहादुर शाही(लेखक)को १३ औ दिनको पुण्री तिथिमा रास्कोट आइपुगेका कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले लेखकको अभिभावकत्व लिने बताउनु भएको छ ।

प्रदेश सरकारको कामको सिलशिलामा हुम्ला जाने योजनाका साथ अघि  हिडेका मुख्यमन्त्री शाहिले उक्त समयलाइ छोट्याएर श्रद्धाञ्जली सभामा सहभागी हुनु भएको हो । उक्त श्रद्धाञ्जली सभामा बोल्दै मृतक लेखकले जनयुद्ध देखि यहाँ सम्म आइपुग्दा उच्च योगदान दिएको स्मरण गर्दै अभिभावकले खेल्ने भुमिका पूरा गर्ने बताउनु भएको हो  ।

शोक सभामा उपस्थित सयौ समुदायको बिचमा मृत्यु कसैका लागि लोकप्रिय नहुने र सबैले एक दिन मृत्युको बाटोमा जानू पर्ने भन्दै आफन्तलाइ धैर्य धारण गर्न अनुरोध गर्नु भएको थियो । मृतक लेखकको फोटोमा माल्यर्पण गर्दै मुख्यमन्त्री शाहिले जीवन अमुल्या हो यसलाई सहि ढंगले प्रयोअग गर्नु पर्छ बाचुन्जेल सबैले योगदान दिनु पर्छ भन्दै लेखकले नेपाली जनयुद्ध र बर्ग संघर्षका लागि ठुलो योगदान दिनु भएकोमा पार्टीको तर्फाबाट उहाँको उच्च सम्मान गरेको  बताउनु भएको छ ।

श्रद्धाञ्जली सभामा नेकपा रास्कोट नगर कमिटी अध्यक्ष धर्मराज शाही (पोषण)  लगाएतका नेताहरुले लेखकको जिबनिका बारेमा चर्चा गर्नु भएको बताइएको छ ।

मृतक लेखक नेकपा रास्कोट नगर कमिटीका सदस्य तथा ५ नम्बर वडा कमिटी का अध्यक्ष समेत हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित