हामी वार्तामा जान तयार छौं –विप्लव नेता रणदिप

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका नेता मनिलाल ऐडी(रणदिप)ले आफुहरु वार्तामा जाने बताउनु भएको छ ।कर्नालि संचार संग कुरा गर्दै आफुहरु सरकारले उपयुक्त वातवारण तयार गरेमा वार्तामा जाने बताउनु भएको हो ।

केपि ओलि नेतृत्वको काम चलाउ सरकारका गृहमन्त्रि राम बहादुर थापाले कालीकोटमा भएको जनसभालाई सम्बोधन गर्दै विप्लव समुहलाई वार्तामा आउन आग्रह गरे लगत्तै प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कर्नालि व्युरो सदस्य तथा कालीकोटका जिल्लाका सेक्रेटरी मनिलाल ऐडीले सो कुरा बताउनु भएको हो । तर यहि सरकारले तोकेको निर्वाचनमा भने सहभागी नहुने स्पष्ट पार्नु भएको छ ।

नेता रणदिपले वार्तामा गएर सर्वदलिय सर्वपक्षिय रुपमा आफ्ना पार्टीले उठाएका एजेण्डाहरुमा सहमति भएमा त्यस मार्फत अहिले सरकार र सत्ताको विकल्प खोज्ने बताउदै अहिले देखिएको संकट समाधान गर्ने बताउनु भएको छ ।

आफुहरुले संसदिय पुजिबादी व्यवस्था अुफल भएको र त्यसको एक मात्र विकल्प भनेको बैज्ञानिक समाजवादी व्यवस्थाका लागि सरकार अग्रसर भयो भने वार्तामा सहभागि हुन सक्ने अवस्था आउन सक्ने संकेत गरेका हुन ।
संसदिय व्यवस्था आफै असफल भएको र अवको विकल्प भनेको बैज्ञानिक समाजवादी व्यवस्था भएको ठोकुवा गर्दै आफुहरु अहिले राजनैतिक रुपमा हाम्रो जित भएको बताउनु भएको छ । आफ्नो पार्टी सुदृढ भएको दावि समेत गरेका रणदिपले विगत देखिको पार्टी अनुशासन तथा विकृतिलाई अन्त गर्दै अहिले पार्टी माक्सबादी र लेनिनवादी सगठनात्मक रुपमा  बन्न सफल भएको छ ।


        पार्टी सदस्यले पालना गर्नु पर्ने ८ सर्तहरु क)माक्सवाद,लेनिनवाद र माओवादी सिद्धान्तमा निष्ठावान बन्ने,ख)पार्टी निणर्यको       रक्षा गर्ने पार्टी,ग)संघर्षमा सहभागि हुने पार्टी,घ)बैठकमा आफ्ना मत राख्ने,नियमित लेवि तिर्ने,ङ)जनताको सेवा गर्ने पार्टी                 बनाउन केन्द्रिय समितिको पूर्ण बैठकले निणर्य गरेको र उक्त योजनाहरु सम्प्रेषणको क्रममा रहेको बताउनु भएको छ ।                           बैठकले व्यापक सांगठनिक तथा भौगालिक संरचना फेरबदल समेत गरेको बताइएको छ ।


नेता रणदिपले विगतका जस्तो आगामी दिनमा नहुने बताउदै गर्दै अघिल्लो समयमा गिरप्तार पर्दा नेताहरुबाट थुप्रै गोप्यकुरा पाउने सरकारले अहिले भने कुनै पनि आन्तरिक कुरा पाउन नसक्ने दावि गरेका छन । उनले धर्मेन्द्र बास्तोलाबाट कुनै पनि पार्टीका कुरा नपाएकाले सरकारी सुरक्षाकर्मि अन्योलमा परेको समेत बताउनु भयो ।

हामी माथि दमन जारी राखे जुन सुकै बेला जे पनि हुन सक्ने चेतावनि दिएका छन ।

हाम्रा राजनैतिक योजनाहरु सम्प्रेषण गरेर राजनैतिक संघर्ष पहिलो चरणमा अघि सार्ने हो त्यति गरेर पनि सरकारले वेवास्ता गरेमा फौजि संघर्ष गर्ने हो त्यसबाट आउने चुनौतिको सामना गर्न सरकार तयार हुनु पर्ने समेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित