कालीकोट । सरकारले थालनी गरेको कोरोना बिरुद्धको खोप लगाउने क्रममा आज कालीकोटमा ७९ जना स्वास्थ्य कर्मी लगाएतलाइ लगाइएको छ ।
जिल्ला स्वास्थ्या कार्यलय कालीकोटका स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतका अनुसार जिल्ला स्थित राजनैतिक दल,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य ,सञ्चार कर्मिको उपस्थितिमा कोभिड अस्पतालमा उक्त खोप लगाइएको बताउनु भएको छ । आज शुभारम्भ भएको कोरोना बिरुद्दको खोपका लागि स्थानीय तहमा समेत शुरु गरिने बताइएको छ ।
Discussion about this post