काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षबाट सोमबारदेखि बहस हुने भएको छ ।
संवैधानिक इजलासमा आइतबार नवौँदेखि १२ औँ रिटसम्मको बहस सकिएको छ भने सोमबारदेखि सरकारका तर्फबाट बहस हुने भएको छ ।
आइतबारको रिटमाथिको बहसमा रिट दायर गर्ने अधिवक्ताहरुले बहस गरेका थिए ।
बाह्रौँ रिटमाथिको बहसपछि अदालतको ब्रेक समय भएको र खाजा समयलगत्तै तेह्रौँ रिटमाथि आजै बहस हुने जनाइएको छ ।
Discussion about this post