ज्ञानेन्द्रको कु का कारण राज संस्था विदाई भएको माघ १९ को दिन

7
SHARES
15
VIEWS

काठमाडौं ।२०६१ माघ १९ गते आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएर जनदमनमा उत्रिएका कारण अन्ततः राजसंस्था नै ढाल्ने पहिलो प्रयास गरेका थिए ।

संसारका शासकहरुको महत्वाकांक्षाले सिंगो शासन नै ढलेका उदाहरण नेपालबाट हाम्रै पालामा देख्न सकिन्छ । त्यसको एक ज्वलन्त उदाहरण भनेकै १६ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको ‘शाही कू’ लाई लिन सकिन्छ ।
आफ्नो बढी महत्वाकांक्षाका कारण ज्ञानेन्द्र शाहले दलहरुबाट शासनसत्ता आफ्नो हातमा लिएर पञ्चेहरुलाई अगाडी सारेका थिए ।

त्यो दिन माघ १९ जनताका लागि मात्र नभई सिंगो प्रजातन्त्रका लागि कालो दिन थियो तर राजसंस्था अन्तको दिन समेत सोही दिनको शुरुवातबाट भएको हो।तत्कालिन समयमा राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण राजनैतिक दलका नेताहरुलाई नजरबन्दमा लिएर शाहले आफ्नो शासन चलाएका थिए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी शाहले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए । त्यो दिन मिडियामाथि पनि नियन्त्रण लिइएको थियो ।

 संचारसम्पर्क टुटेका थिए । जनताका मौलिक अधिकारमाथि नै कू भएका थिए । जनताको अधिकार कटौती भएका थिए ।

शाही कू गरिएको त्यही दिनदेखि नै नेपालमा संवैधानिक राजतन्त्रका पक्षमा रहेका राजनीतिक दलहरुले राजतन्त्रको साथ छाडेका थिए । अन्ततः सशस्त्र द्धन्द्धमा रहेको तत्कालीन माओवादीसँग मिलेर दलहरुले नयाँ शिराबाट राजनीति थालेका थिए ।

शाहको त्यही कदमले सात राजनीतिक दल र माओवादीबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सहमति सम्पन्न भई २०६२–०६३ को आन्दोलन भएको थियो । चैत २४ गतेदेखि भएको १९ दिने आन्दोलनले नै शाहलाई पुनः संसद पुनर्स्थापना गर्न बाध्य गरायो ।

उक्त आन्दोलनमा दलहरुमात्र हैन नागरिक समाजका सबैजसो सदस्यहरुको ऐक्यवद्धता रहेको थियो ।

त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले २०६४ चैतमा संविधानसभाको निर्वाचन गराई २०६५ सालमा त राजतन्त्र नै फालेर नेपालमा गणतन्त्र घोषणा गरिएको थियो ।

तत्कालीन राजा शाहले पत्रकार सम्मेलन गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गर्दै नारायणहिटी दरबारबाट बाहिरिएका थिए । तर उनले उक्त क्रममा श्रीपेचको संरक्षण गर्न भनी दिएको समेत बताएका थिए ।

पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर त्यही कूलाई फेरि अगाडि बढाइरहेका त छैनन् भनी विश्लेषण पनि भइरहेको छ ।

त्यतिमात्र हैन पूर्वराजाले जनताको नासो जनतालाई नै दिएको डेढ दशकमा पनि नेपालीको दैनिकीमा परिवर्तन आएको छैन । अस्थिरता बढेको छ । भन्नेहरु एउटा राजा फालेर सयौं राजा भित्र्याएर देश खोक्रो पारिरहेको पनि भनिरहेका छन् ।

नेताहरुले शक्ति र सत्ताको लोभमा विधिको शासनलाई खिल्ली उडाएको पनि भनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित