कालीकोट । नेपाल पत्रकार महासंघ शाखा कालीकोटको १३ औं वार्षिक साधारणसभा शुरु भएको छ । सत्य,तथ्य, निष्पपक्ष पत्रकारिता,जिम्मेवार जवाफदेही पत्रकार भन्ने मुलनाराका साथ एमिदिप होटेलमा शुरु भएको छ । कर्नाली प्रदेशका माननीय संसद कुर्मराज शाहीको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य पुर्णचन्द्र चौलागाईंको विशेष आतिथ्यतामा सुरु भएको छ ।
१३ औ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै पत्रकारहरुले पत्रकार आचार संहिता भित्र रहेर एक अर्का पत्रकार बिचको टीका टिप्पणी नगरेर सत्य,तथ्य,निष्पक्ष ढंगले अघि बढ्नु पर्नेमा जोड दिएका छ्न ।
कार्यक्रममा बोल्ने अतिथिहरुले पत्रकारहरुले सहि ढङ्गले अघि बढ्न आग्रह गरेका छ्न ।
पत्रकार महासंघ कालीकोटको १३ वार्षिक साधारणसभाले बिगतको समिक्षा र आगामी योजना तय हुने बताइएको छ ।
Discussion about this post