पत्रकारले नलेखेको भए राणाशासन ढल्दैनथ्यो –माननिय शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा नेता तथा कर्नाली प्रदेश सभाका सदस्य कुर्मराज शाहीले १०४ वर्षको राणा शासनको विरुद्ध जनताको आन्दोलन र त्यसको सत्य, तथ्य र निष्पक्ष लेखेकै कारण प्रजातन्त्र ल्याउन सफल भएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ कालीकोट शाखाको १३ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै माननीय शाहीले सो कुरा बताउनु भएको हो ।
तत्कालीन समयलाइ जोडदै अहिले त्यही अवस्था आएको जिकिर गर्दै शाहीले नेपालको लामो समय पछि जनताको बलिदान बाट प्राप्त लोकतान्त्रिक संविधान माथी प्रहार गरेर प्रतिगमन भएकाले पत्रकारले अग्रगमनका पक्षमा लेख्न अनुरोध गर्नु हुँदै समाज परिवर्तनका लागि अहिलेको प्रतिनिधि सभा विघटन भएकाले पुनर्स्थापना अनिवार्य भएकाले जनताका पक्षमा सहि कुरा बोल्नु पर्ने ओकल्नु पर्ने अवस्था आएकाले हामी ले आफ्नो विवेकको प्रयोग गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।
पत्रकारहरुको हितका लागि पहिले सबै पत्रकार एक भएर लाग्नु पर्ने बताउनु भएको छ ।
सत्य, तथ्य, निष्पक्ष पत्रकारीता, जिम्मेवार र जवाफदेही पत्रकार भन्ने मुलनाराका साथ नेपाल पत्रकार महासंघ कालीकोट शाखाको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य पुर्ण प्रसाद चौलागाइले कर्नालिको प्रदेशको सुर्खेत मात्र प्रेशको थलो नभै साबिकको कर्नाली अञ्चलमा पत्रकारीता फस्टाउन सबै लाग्नु पर्ने र बार्गेनिङको अन्त हुनु पर्ने बताउनु भएको छ ।

१३ औ वार्षिक साधारणसभामा उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष रतन शाही, जिल्ला समन्वय समिती कालीकोटका प्रमुख अनिपाल शाही,पलाता गाउँ पालिका अध्य लक्ष्मण बम, जिल्ला समन्वय समितिका सदस्य नेत्रराज शाही, नेपाली काङ्ग्रेस कालीकोट सचिब दमन शाही, नेकपा कालीकोटका अध्यक्ष धनजित शाही, खाडाचक्र नगरपालिकाकि उपप्रमुख विजया बिष्ट,जेष्ठ पत्रकार अज गिरि लगाएतले शुभकामना मन्तब्य दिएका छ्न । १३ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमको पत्रकार महासंघ कालीकोटका सचिब खडानन्द चौलागाईंको संचालन र  पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ ।

१३ वार्षिक साधारणसभाको बन्दसत्र जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित