पचालझरनामा प्रहरी द्धारा नागरिक सुनुवाई सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा पहिलो पटक प्रहरी द्धारा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा गाउँ पालिकाका सरोकारवाला निकायहरुको उपस्थितिमा नागरिक सुनुवाई गरिएको हो ।

नागरिकको सरल र सहज न्याय पहुंचका लागि भन्ने मुलनाराका साथ शान्ति, सुरक्षा र सुशासन,नागरिक मैत्रि प्रहरी र सर्वसाधारण विचमा हुनु पर्ने सम्बन्ध र सेवालाई प्रभावकारी बनाउन नागरिक सुनुवाई कार्यक्रम गरिएको हो ।

पचालझरना गाउँ पालिकाको जारकोटमा संचालन गरिएको उक्त कार्यक्रममा पचालझरना गाउँ पालिकाका जनप्रतिनिधि,समुदायहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरी पचालझरना गाउँ पालिकामा स्वस्थ्य कर्मिहरुलाई कोभिड विरुद्धको खोप लगाइएको छ भने कोभिड सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको बताइएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, डिएसपि प्रहरी प्रमुख चक्र बहादुर शाह लगाएतको उपस्थिति रहेको बताइएको छ ।
पचालझरना गाउं पालिका अध्यक्ष खडगराज सेजुवालले जिल्ला स्तरबाट जिल्ला स्वस्थय कार्यालय कालीकोटबाट कोभिड विरुद्धको खोप, प्रहरीबाट नागरिक सुनुवाई समेत गरिएकाले सबैलाई धन्यावद दिदै आगामी दिनमा पचालझरना गाउँ पालिकालाई हरेक सुविधामा सहजता आउने बताउनु भएको छ ।

साथै वहाँले गाउँ पालिकाको केन्द्र पणेक्षामा प्रमुख जिल्ला अधिकारी सहितको टोलिले अनुगमन समेत गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित