कालीकोट । केपि ओलि सरकारको असंबैधानिक कदम विरुद्धको संघार्ष र पार्टी संगठन विस्तारलाई तिव्रता दिन नेकपा रास्कोट नगरकमिटीले जनभेटघाट तिव्र पारेको छ ।
यस अघि रास्कोट नगरपालिकाको वडा न. १ देखि ३को सिपखाना,वडा न. ४ देखि ६ को स्युना र वडा न. ६ देखि ९को साविकको फुकोट गाविसको हलमा कार्यक्रता भेला सम्पन्न भएको छ । ग्रामिण वस्तिमा केपि ओलिको कदमको भण्डाफोर र पार्टी संगठनलाई व्यवस्थित पार्न जनभेट घाट तथा अगुवा कार्यक्रता भेला सम्पन्न भएको बताइएको छ ।
आज भएको कार्यक्रता भेलामा नेकपाका कर्नालि प्रदेश कमिटी सदस्य तुलराज सिमखाडा,जिल्ला कमिटी सचिवालय सदस्य मनिराज बराल, रास्कोट नगर कमिटी अध्यक्ष धर्मराज शाही पोषण लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।
उक्त कार्यक्रममा कार्यक्रताहरुलाई अहिलेको असंबैधानिक कदमका विरुद्ध ग्रामिण वस्तिबाट जागरुक हुनु पर्ने नेताहरुले जोड दिइएको बताइएको छ ।
Discussion about this post