चीनले पाँच लाख डोज कोरोना भ्याक्सिन नेपाललाई अनुदानमा दिने

7
SHARES
15
VIEWS

काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो।

कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रीनिकट स्रोतले बतायो।

यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो।

अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन।

चिनियाँ भ्याक्सिनलाई अनुमति दिनेबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित