लाफामा व्यवसायिक च्याउ खेतिमा महिला सक्रियता(फोटा फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । ग्रामिण क्षेत्रमा च्याउ खेतिको आकर्षण बढ्न थालेको छ । जिल्लाको लाफा गाउँमा बाहुन वस्तिका महिलाहरुले सामुहिक रुपमा च्याउ खेति शुरु गरेका छन । उनिहरुले स्थानिय गैरसरकारी संस्थाको पहलमा सिप सिकेर आफै च्याउ खेति शुरु गरेका हुन ।

पचालझरना गाउँ पालिकाको लाफा गाउँका ति महिलाहरुले पहिलो पटक च्याउ खेतिको शुरु गर्दै यसबाट हुने फाइदालाई लिएर निरन्तर रुपमा च्याउ खेति शुरु गर्न खोजेका बताएका हुन ।

स्थानिय महिला दिपा न्यौपानेले तिन दिन सम्म पराल काटेर, पकाउन सम्म खटेर काम गरेर पोलिहाउस भित्र च्याउ हालेको बताउदै आफुहरुका लागि च्याउ खेति उत्तम भएकाले बजारको ग्यारेन्टि भए पछि दिर्घकालिन रुपमा च्याउ खेति गर्ने बताएकी छन ।

हुरेण्डेक नेपालको प्राविधिक सहयोगमा क्याप्स कर्णालि परियोजनाका आशा कार्यक्रमका तर्फबाट ग्रामिण क्षेत्रमा च्याउ खेतिका लागि लाफा गाउँका स्थानिय महिलाहरुको समुह गठन गरी च्याउ खेतिका लागि पहिलो पटक पहल गरेको बताइएको छ । हाल लाफा गाउँमा १० वटा पोलिहाउस भित्र च्याउ खेतिको शुरु गरेको बताइएको छ ।

च्याउ खेतिका लागि महिलाहरुलाई सिप सिकाउने काम भएको र उक्त सिपबाट महिलाहरु आत्मनिर्भर बन्न लालायित हुने च्याउ खेतिका लागि प्रशिक्षकको भुमिका निर्वाह गर्दै आएका दिल बहादुर रोकायाले बताए ।

उनका अनुसार आशा परियोजनाबाट कार्यक्रम अघि बढेकाले उक्त परियोजनाबाट सिप विकास र सहयोगका लागि टेवा पुग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित