म्यानमारमा सेना सडकमा, चल्यो गोली

7
SHARES
15
VIEWS

काठमाडौं । म्यानमारको उत्तरी क्षेत्रमा प्रदर्शनका क्रममा गोली चलेको छ । दुई साताअघि सेनाले गरेको कू को विरोध गरिरहेकाहरु लक्षित कारबाही शुरु गरिन सक्ने संकेत स्वरुप उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको  बीबीसीले लेखेको छ ।

सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरु सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रका दूतावासहरुले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन् ।

स्थानीय समयअनुसार दिनको १ बजेदेखि त्यहाँ इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरिएको छ । संयुक्त राष्ट्र संघका एक जना अधिकारीले सेनाले जनताविरुद्ध ‘युद्धको घोषणा गरेको’ आरोप लगाएका छन् ।

म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका विशेष प्रतिवेदक टम एन्ड्रीउजले सैन्य जनरलहरूले ‘हतोत्साहको संकेत’ देखाइरहेको र उनीहरुलाई जबाफदेही बनाइने बताएका छन् ।

युरोपेली संघ (इयू), अमेरिका र बेलायतले हस्ताक्षर गरेको एउटा वक्तव्यमा भनिएको छ, ‘हामी सुरक्षा निकायहरूलाई वैध सरकार हटाइए विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी भएकाहरू माथि हिंसा नगर्न आग्रह गर्छौँ ।’

म्यानमारमा भएको सैन्य कूले नेतृ आङ सान सूचीले नेतृत्व गरेको सरकार अपदस्थ गरिदिएको थियो । सूची हाल आफ्नै निवासमा नजरबन्दमा छिन् । सयौँ अधिकारवादी र नेताहरुलाई पक्राउ गरिएको छ।

दूरसञ्चार सेवा प्रदायकहरूका अनुसार स्थानीय समयअनुसार आइतबार १ बजेदेखि सोमवार ९ बजेसम्म इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित