कोदालोले हानेर एकको हत्या, पाँच घाइते

7
SHARES
15
VIEWS

बागलुङ । गलकोटको काठेखोला गाउँपालिका–२ भीमपोखरामा सोमबार मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् । उनको आक्रमणमा परी पाँच घाइते भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित