पचालझरनामा एक वडा एक पत्रकार बनाउने,पत्रकारिता तालिम संचालन गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा एक वडा एक पत्रकार बनाउन पत्रकारिता तालिम संचालन गरिने भएको छ । पचालझरनाम गाउँ पालिकाको सहयोग र मेगा कर्नालि मिडिया प्रा.लि.को आयोजनामा तालिम संचालन गरिने भएको हो ।

पचालझरना गाउँ पालिकाका प्रतयेक वडाहरुमा एक वडा एक पत्रकार बनाउने उद्देश्यले तालिम संचालन गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाको आर्थिक सहयोगमा संचालन हुने ३ दिने आधारभुत पत्रकारिता तालिमका लागि वडाहरुमा ११ जना सहभागि हुने बताइएको छ ।

मेगा कर्नालि मिडिया प्रा.लिका अध्यक्ष मनिका बोहराका अनुसार जिल्लाको सबै स्थानिय तह मध्ये पहिलो पटक पचालझरना गाउँ पालिकाको सहयोगमा आधारभुत तालिम संचालन गरिने भएको बताएकी छन । उनका अनुसार पचालझरना गाउँ पालिकाका सबै वडाहरुबाट सहभागिहरुलाई विभिन्न मिडियाहरुमा आवद्ध गराई पचालझरनाको पर्यटन प्रवद्धन,विकास निर्माण देखि विभिन्न क्षेत्रको प्रचार प्रसारमा टेवा पुगाउने लक्ष्य लिएको बताइन ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पालिकाले संचार क्षेत्र र पर्यटन प्रवद्धनमा पहिलो प्राथमिकतामा राखेको बताउदै पचालझरनाको सम्बृद्धिका लागि पत्रकारिता तालिमले पत्रकार उत्पादन र प्रचार प्रसारमा टेवा पुगाउने बताउनु भएको छ । आधारभुत पत्रकारिता तालिम फागुन ६ देखि ८ गते सम्म संचालन हुने बताइएको छ ।

सहभागिलाइ प्रमाण पत्र र प्रेस जकेट प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित