रास्कोटमा विकास : ग्रामिण पहुंच कार्यक्रमले गति लिदै (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । विकास निर्माणमा नमुना काम गर्दै आएको ग्रामिण पहुंच कार्यक्रम(र्याप)ले कालीकोटको रास्कोटमा पुन मर्मत सडक सम्भारको काम थालनि गरेको छ ।

रास्कोट नगरपालिकाको वडा न. ९ शान्तिघाट देखि वडा न. २ सेराचौरमा १७ किलोमिटर सडक निर्माण गरेको ४ वर्ष पछि सडक मर्मतको काम शुरु गरेको हो ।

रास्कोट नगरपालिका संगको साझेदारीमा रास्कोट नगरपालिकाका सडकको स्तरन्नोतिमा जोड दिन यस अघि काम शुरु गर्ने भने पनि कोभिडका कारण काम भएको थिएन ।बाढिपहिरोका कारण धेरै ठाउँमा आएको पहिराले समस्या आएको भएपनि रास्कोट नगरपालिकाले सडक सुचारु गर्न विशेष पहल चालेको भएपनि अहिले ति ठाउँमा सडक मर्मत सम्भारको काममा तिव्रता ल्याएको छ ।

डि एफ आइ डि बेलाएत सरकारको ८० लाख लगानिमा ग्रामिण पहुंच कार्यक्रमले सडक मर्मतको काम शुरु गरेको बताइएको छ । सब इन्जिनियर मदन खड्काका अनुसार रास्कोट नगरपालिकाका विभिन्न क्षेत्रमा सडक भत्किएको ठाउँमा मर्मत सम्भारको काम शुरु गरेको बताएका छन ।

कर्नालि संचार संग कुरा गर्दै  रास्कोट नगरपालिकाकी उपप्रमुख मिमसरा बम (शाही)ले रास्कोट नगरपालिकाको समन्वय र ग्रामिण पहुंच कार्यक्रमको लगानिमा सडक मर्मतको काम भएको बताउनु भएको छ । बाढि पहिरोले क्षतविक्षेद भएको सडकको काम ग्रामिण पहुंचले गर्दा नमुना बन्ने र रास्कोट नगरपालिकाको सडक स्तरन्नोतिमा टेवा पुग्ने बताउदै उपप्रमुख शाहीले नगरपालिकाले सबै वडाहरुमा सडक विस्तार गरेर र्यापको मोडलमा सडकको काममा गति लिएको छ ।

यस अघि ग्रामिण पहुंच कार्यक्रम(रयाप)ले जिल्लाका रास्कोट नगरपालिकामा १७ किलोमिटिर र पचालझरनामा ५ किलोमिटर सडक विस्तार गरेको थियो । उक्त सडकमा अहिले गाडी गुडीरहेका छन ।

सडकमा करोडौं लगानि गरेर नमुना काम देखाउनेमा यस कार्यक्रमले राम्रो सन्देश दिएको छ । सोही मोडलमा स्थानिय तहले काम गर्न सकेको छैनन ।उक्त कार्यक्रमले रास्कोट नगरपालिका र पचालझरनाका करिब तीन सय बढिले रोजगार पाएका थिए ।

काम गरेको १० प्रतिशत बचत गर्ने परिपाटीको शुरुवात गरेर ग्रामिण पहुंच कार्यक्रमले आम्दानिको केही हिस्सा बचत गर्ने बानिको विकास गराएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित