शान्तिघाटमा भएको घटनामा पोष्टमार्टमा सहमति,आफन्तले सव बुझे

7
SHARES
15
VIEWS

कालीकोट । जिपको ठक्करबाट बुधबार मृत्यु भएका शान्नित्रिवेणिका बालकको आफन्तले सव दुई दिन पछि आफन्तले सव बुझेका छन । बुलबुले यातायात व्यवसायि समितिको मे १ ज ११४९को जिपले ठक्कर दिदा शान्नित्रिवेणी ७का गोविन्द सिमखाडाका २ वर्षिया छोरा प्रेम सिमखाडाको मृत्यु भएको थियो ।

आफन्तले गाडी मालिक र व्यवसायि समितिका पदाधिकारीको उपस्थिति नभएपछि सहमति हुन नसक्दा आज विहान बसेको सुरक्षा निकाय,पिडित र सरोकारवाला विच सहमति नभएपनि पोष्टमार्टमका लागि सव जिल्ला अस्पताल कालीकोटमा लिएको र कानुनि प्रक्रियामा अघि बढ्नका लागि जिल्ला स्तरमा छलफल हुने बताइएको छ ।


मृतक परिवारका आफन्त देवराज चौलागाईले बच्चालाई मार्ने तर कुनै सुनुवाई नगरेका कारण पिडित पक्षले जिपमा आगजनि गर्न पुगेका बताए । चौलागाईका अनुसार बुधबार विहान ११ वजे भएको घटनाको दिउसो २ वज्दा सम्म कुनै पक्षले केही वास्ता नगरेका कारण आक्रोसमा आउनु परेको बताए ।

जिल्लामा सहमति समझदारी भएपछि मात्र यातायातका साधन संचालनमा हुने बताइएको छ ।

पिडित पक्ष र सरोकारवाला विच सहमतिका लागि प्रयास जारी रहेको भएपनि सहमति नभइ सव पोष्टमार्टका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको शान्तिघाट प्रहरी पोष्टका प्रहरी हवल्दार बर्म शाहीले बताएका छन ।जिप चालकले सामान्य चोट लागेका वालकलाई जिप पछाडी सारेर जवरजस्त मारेको पिडितले बताएका छन । जिप चालक उमाकान्त पाठकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित