पत्रकारिता क्षेत्र समाज सेवाको वलियो माध्यम हो — अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पत्रकारिता क्षेत्र भनेको समाज सेवाको पहिलो माध्यम भएको बताउनु भएको छ ।

मेगा कर्नालि मिडिया प्रा. लि.ले आज पचालझरनाको जारकोटमा आयोजना गरेको ३ दिने आधारभुत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष सेजुवालले समाजमा बाहिर आउन नसकेका कुरालाई बाहिर ल्याएर प्रचार प्रसार गरी अघि बढ्ने र गलत बाटो भएमा सहि ठाउँमा ल्याउने काम पत्रकारिता क्षेत्रबाट हुने बताउदै तालिममा सहभागि पत्रकारहरुलाई  जुनसुकै कुराको खोजि गरेर बाहिर ल्याउन विशेष भुमिका निर्वाह आग्रह गर्नु भएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिदै शासकहरुलाई जवरजस्त जनताले ढालेको दिन फागुन ७ गते भएकाले शहिदहरुलाई सम्मान गर्दै समाजमा पत्रकारहरुले विभिन्न पक्षको मातहत र हितमा लेख्ने भएकाले वास्तविक पत्रकारिताको शुरुवात गर्न आग्रह समेत अध्यक्ष सेजुवालले गर्नु भएको छ ।

त्यसै गरी कार्यक्रमका विशेष अतिथि नेकपा पचालझरनाका अध्यक्ष पौरख विकले उहिले शुल्क तिरेर तालिम लिने अवस्था आएको बताउदै अहिले गाउँमा पत्रकारिताका क्षेत्रमा सिप सिकाउन विशेष अवसर आएकाले यस अवसरलाई सहि ढंगले लागु गर्न समेत अनुरोध गर्नु भएको छ ।

उद्घाटन सत्रमा इलाका प्रहरी कार्यालय जारकोटका प्रमुख गणेश रावल, जनता मावि खार्दुका प्रधानध्यापक तुलराज कठयात लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

तालिमको अध्यक्षता मेगा कर्नालि मिडिया प्रा.लिका प्रबन्ध निर्देशक रुपेन्द्र ऐडीको अध्यक्षतामा भएको बताइएको छ । तालिम ३ दिन सम्म संचालन हुने र सहभागिलाई प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित