एउटाको स्वाब कोरोना संक्रमणको रिपोर्ट अर्कैको नाममा परेपछि

7
SHARES
15
VIEWS

विरगंज/जेष्ठ,पर्साको कालिकामाई गाउँपालिका वडा नं १ मुडलिका १५ महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार राति ८ बजेर १० मिनेटमा जारी गरेको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणले बालकमा संक्रमण पुष्टि भएको हो। बालक केही दिन अघिमात्रै भारतको बिहार, पूर्वी चम्पारणबाट आएका हुन्। चम्पारणको सुगौलीमा रहेको मामाघरबाट आमासँगै उनी घर आएका हुन्।

चम्पारणबाट आएका बालकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

बालकमा कोभिड – १९ पुष्टि भएको खबर आएपछि ल्याबले दिएको रिपोर्टमाथि भने प्रश्न खडा भएको छ।

३६ वर्षीयको पोजेटिभ भन्दै आएको थियो रिपोर्ट

अहिले कोरोना भाइरस पुष्टि भएको रिपोर्ट ३६ वर्षीय पुरुषकको भएको भन्दै जारी भएको थियो।

‘शुरुमा रिपोर्ट आउँदा वीरगंज–१२ मुर्लीका ३६ वर्षीय युवकमा कोरोना लागेको भनिएको थियो,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, ‘तर, पछि हेर्दै जाँदा त्यो स्वाब कालिकामाई गाउँपालिका १ मुडलीको क्वारेन्टाइनमा बसेकी आमाको १५ महिने छोराको देखियो।’

उनका अनुसार अहिले आमा र छोरा दुवैलाई वीरगंजको सिद्धार्थ स्कूलको आइसोलेसनमा राखिएको छ। ‘शनिवार राति नेपाल–भारत सीमा पार गर्दै उनी मुडली गाउँमा पुग्दा स्थानीयले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पठाएका थिए,’ उनले भने।

कालिकामाई गाउँपालिकाका स्वास्थ्य संयोजक योगेन्द्र चौरसियाका अनुसार भारतीय बजार सिकटा र भेलाहीको बीचको खुल्ला सीमानाबाट उनीहरु नेपाल छिरेका थिए। लगातार लकडाउन लम्बिएपछि उनीहरु नेपालका लागि हिँडेका थिए। गत शनिवार क्वारेन्टाइनमा पुगेपछि आइतवार उनको र बच्चाको थ्रोट स्वाब सकलन गरी टेकु प्रयोगशाला पठाइएको थियो। बुधवारमात्र नतिजा आएको थियो जसमा आमाको रिपोर्ट नेगेटिभ र छोराको पोजेटिभ देखिएको हो।

यसरी रिपोर्टमा गडबडी हुँदा वीरगंजबाट भेटिएको स्टाफ नर्सको रिपोर्टमा पनि त्रुटि भएको हुनसक्ने अशंका बढेको छ। स्टाफ नर्सको रिपोर्ट कहीँ संक्रमित बालककी आमाको त होइन? प्रश्न उब्जेको छ। शंका उत्पन्न भएपछि बुधवार कोभिड १९ पोजेटिभ देखिएका उनीहरु ३ जनाको थ्रोट स्वाब फेरि संकलन गरी परीक्षणका लागि पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित