पचालझरनामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा संचालन भएको आधारभुत पत्रकारिता तालिम समापन भएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिमा समापन गरिएको हो ।

मेगा कर्नालि मिडिया प्रा.लिको आयोजना तथा पचालझरना गाउँ पालिकाको सहयोगमा गरिएको आधारभुत तालिम तालिममा कर्नालि प्रदेश पार्षद रुपेन्द्र ऐडीले सहजिकरण गरेको बताइएको छ । उक्त तालिममा पचालझरना गाउँ पालिकाको सबै वडाबाट १। १ जना सहभागिका साथै दलित र महिला गरेर १३ जना सहभागि रहेको थियो ।तालिमका सहभागिलाई प्रमाण पत्र दिइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपानेले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको छ ।

तालिमका सहभागिहरुलाई विभिन्न मिडियामा आवद्ध गर्ने र निरन्तर पत्रकारिता गर्ने पत्रकारलाई प्रेसको जकेट र प्रेस पास दिइने बताइएको छ । पत्रकारितामा क्षेत्रलाइ व्यवस्थित बनाउदै पचालझरनाको विकासका लागि तालिम फलदायि हुने विश्वास गर्दै अध्यक्ष सेजुवालले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भएको छ ।

तालिममा सहभागि सुरिन्द्रा कठायतले तालिमबाट पत्रकारिता सम्बन्धि आधारभुत कुरा सिकेको र व्यवहारमा लागु गर्ने अनुभुति मन्तव्य राखेको बताइएको छ ।

तालिममा सहभागि उपाध्यक्ष तारा न्यौपानेले पत्रकारिता तालिममा सहभागि सबैले आ आफुले सिकेका कुरा व्यवहारमा लागु गर्ने र पचालझरनाका विकास निर्माण देखि हरेक गतिविधिको प्रचार प्रसारमा सहजता आउने विश्वास गर्नु भएको छ ।

तालिममा प्रमाण पत्र वितरण गरिएको छ ।
सहभागिलाई सिपको सदुपयोग गर्न मेगा कर्नालि मिडिया प्रा.लिका प्रबन्धक निर्देशक रुपेन्द्र ऐडीले आग्रह  गर्नु  भएको छ ।  पचालझरना गाउँ पालिकाको आर्थिक सहयोगमा गरिएको तालिमका लागि गाउँ पालिकालाई धन्यवाद दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित