उपाध्यक्ष विष्टको पद अदालतले जोगाइदियो

7
SHARES
15
VIEWS

हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको उच्च अदालतले बचाइदिएको छ ।

पद बचेसँगै उनले जिम्मेवारी लिने भएकी छिन । उच्च अदालत पाटनको हेटौंडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चण्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश गरेसँगै उनको पद जोगिएको हो ।

मंसिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले राजीनामा स्वीकृत गरेको घोषणा गरेका थिए । उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् ।

मुद्दा जितेसँगै उपाध्यक्ष विष्टलाई गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर काम गर्न बाटो खुलेको छ । उनले राजीनामा दिएको भन्दै पदमुक्त गरिएपछि विष्टले उच्च अदालतमा मुद्दा हालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित