पचालझरनाको पणेक्षामा जग्गा खरिद विक्रीमा रोकावट

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको प्रशासनिक केन्द्र पणेक्षालाई व्यवस्थित शहर बनाउने उद्देश्यले जग्गा जमिन खरिद विक्रीमा रोक लगाइएको छ ।

आज बसेको पणेक्षा जग्गा समस्या समाधान समन्वय समितिको बैठकले अर्काे निणर्य नहुंदा सम्म जग्गा खरिद विक्री रोक्नुका साथै रिंगरोड भन्दा बाहिरको जमिनमा अबैधानिक बास व्यवस्थापन गर्न रोक लगाएको हो ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष तथा पणेक्षा जग्गा समन्वय समिति संयोजक तारा न्यौपानेका अनुसार पणेक्षालाई नमुना बनाउन र बजारीकरणलाई व्यवस्थित पार्न डिपिआर तयार गरिएकाले सोही अनुसार जग्गाधनिले गाउँ पालिकालाई जग्गादान दिन अनुरोध गर्ने निर्णय भएको बताउनु भयो । वहाँका अनुसार डिपिआर अनुसारको पणेक्षा जमिन व्यवस्थापनका लागि जिल्ला मातलपोत र नापि कार्यालयमा खरिद विक्रीको लागि रोक्का गर्ने र अमिन खटाई व्यवस्थित पार्ने बताउदै यस अघि गाउँ पालिकालाई जग्गादान दिएका बाहेक अन्य जग्गाधनिलाई पचालझरना ३ खार्दुका स्थानिय जग्गाधनि संग छलफल गर्ने समेत निणर्य भएको छ ।

अहिले पणेक्षामा प्रशासनिक केन्द्र स्थानान्तरण भएपछि भौतिक संरचना निर्माण र सार्वजनिक जग्गा हडप्ने अवस्था बढेकाले सो निर्णय भएको समन्वय समितिका सदस्य सचिव प्रकाश कठायतले बताउनु भएको छ । पछिल्लो समयमा भित्रि रुपमा गाउँ पालिकालाई जग्गा दिने भनिएकाहरुले जग्गा बिक्री गर्न थाले पछि गाउँ पालिकाले उक्त निर्णय गर्न बाध्य भएको हो ।

 

पणेक्षा केन्द्र स्थानान्तरण कार्यक्रममा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पालिकालाई आवश्यक अनुसारको जग्गा नदिने हो भने डिपिआरमा कठिनाइ आउने भएकाले जग्गाधनिले सोच्नु पर्ने बेला आएको बताउनु भएको थियो ।DPR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित