कर्नालि करिडोरको खुलालु पुलको काम रप्तारमा

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय देखि निर्माणधिन रहेको कर्नालि करिडोरको खुलालु हिल्सा जोड्ने पुलको काम पछिल्लो समयमा रप्तारमा गएको छ । सिलान्यास भएको लामो समय देखि देखि उक्त पुल पटक पटक बनेर काम रोकिएको थियो । अहिले कर्नालि प्रदेश सरकारले चासो दिदा रप्तारमा बन्ने काम भएको छ ।

तिन वर्ष देखि काम भएपनि १० प्रतिशत मात्र काम भएको उक्त पुलको पट्टा जोड्ने काम शुरु भएको छ । नरहरिनाथ गाउँ पालिकाको मुख्य प्रवेश द्धार रहेको खुलालुमा पछिल्लो दुई साता भित्र उल्लेखनिय काम भएको बताइएको छ । अहिले पुलको काम रप्तारमा चलेको र आगामी २०७८ सालको पहिलो चौमासिक भित्र सम्पन्न हुने लक्ष्य लिएको बताइएको छ ।

नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टले स्थलगत अनुगमनका क्रममा रप्तारले काम भएकाले अषार भित्र पुलको काम सम्पन्न हुने र यातायातका साधन संचालन हुने विश्वास लिएको बताउनु भएको छ ।अध्यक्ष   विष्टका अनुसार उक्त पुल रहेको खुलालु देखि लालु माल्कोट (छिप्के खोला) सडकको काम दुर्त गतिले अघि बढेको बताउनु भएको छ ।

यो संगै कर्नालि करिडोरको मुख्य प्रवेश द्धारा रहेको खुलालुले बाजुरा,मुगु हुंदै हुम्ला सम्मको सडक पूर्ण रुपमा संचालनमा आउने भएको छ । उक्त सडक खण्डमा नेपालि सेनाले काम गरेर अहिले यातायातका साधनहरु संचालन हुदै आएको भएपनि कर्नालि नदिमा पुल नहुंदा यात्रुहरुले निकै कठिनाई व्यहोर्नु परेको छ । कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले यस अघि तिन पटक अनुगमन गरिसकेका छन भने राष्टिय योजना आयोगका सदस्य मिन बहादुर शाहीले समेत पुलको काम रप्तारमा गर्न अनुरोध गरेका छन ।

अहिले उक्त पुल कहिले बन्ला र स्थानियहरुले नेपालगंज सुर्खेत हुंदै घर सम्म आउन पाउने दिन कहिले आउलान भन्ने सोचमा रहेका छन । स्थानिय टक्क विष्टले यस पुलको काम सम्पन्न भएपछि कालीकोट जिल्लाका ५ वटा स्थानिय तहका समुदायलाई ठुलो फाइदा हुने र सुनथरालि विमान स्थलका साथै नेपालको अग्लो पचालझरनाको अवलोकन गर्नेहरुको भिड लाग्ने बताउनु भयो ।

पछिल्लो समयमा खुलाुलमा पुल नहुंदा समुदायहरुले लालिघाटमा पिठ्युमा भारी बोकेर कर्नालि पारी लिने गरेको बताएका छन । उनिहरुले भारी बोक्नु पर्ने र व्यापारीहरुले चर्काे ढुवानि तिर्नु परेको खुद्रा व्यापार गर्दै आएका भिम बहादुर ऐडीले बताए ।

पुल हुदा सम्म यहाँको व्यापार भएको र पुल बने पछि स्थायि बजार जहां हुन्छ त्यहि जाने हो त्यसैले समयमै पुल बन्नु पर्नेमा ऐडीको भनाई रहेको छ । कालीकोट जिल्लको विभिन्न खोला तथा नदिमा रहेका पक्कि पुलहरु बन्ने काम भएका छन । कर्नालि प्रदेश सरकारको ठुलो उपब्धिका रुपमा पक्कि पुललाई लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित