पलांता अध्यक्ष लक्ष्मण बमले आफ्ना जनतालाई अनाज खाएका त रैनछन भने पछि…

7
SHARES
15
VIEWS

कालीकोट/जेष्ठ,चुनावमा उम्मेद्धवारले जित हांसिल गरेपछि मतदातालाई धन्यावाद दिने चलन सबै ठाउँमा हुन्छ तर पलांतामा तत्कालिन नेकपा(माओवादी)बाट विजय भएका गाउपालिका अध्यक्ष लक्ष्मण बमले भने आफुलाई मत दिएका मतदाताहरुलाई अनाज नखाएका नार्मद भनेपछि पलांतामा आक्रोस पैदा भएको छ ।

आफ्ना विश्वास पात्र मानिएका एक जना संग भएको मेसेन्जर कुराकानिका क्रममा सो कुरा बाहिरिएको छ । उनले मेसेन्जरमा उनका पात्र संग रिप्लाई दिदै पलांता गाउँपालिकाको साविकको खिन र धौलागोहका समुदाय(आफ्ना मतदाता)लाई नाउलाको बासि पानि खाने जनतालाई मन लाग्दि पानि खुवाएको बताउदै थुक्क भन्दै नामर्दको सज्ञा दिएका छन । उनले त्यति मात्र नभई विद्युतका बारेमा “बान्जाडा, घोचायबाडा, मिजुवाडा, उपाध्यायबाडा जलेको देखेनछन आंखा फुटेकाले” भन्न समेत बाँकि राखेका छैनन ।

त्यसै गरी अध्यक्ष बमले अगाडी लेख्दछन “गाउँ पालिका अघि त्यहां विद्युत संचालन भएको हो त्यहि थाहा पाएनन ति नार्मदले”आफुलाई “मै माननिय नभएको इगित गर्दै अरु कुरा विष्णु कान्तलाई सोध्नु” भनेका छन । विशेष गरी पलांताका लागि मात्र नभई कालीकोट जिल्लामा केही मानिसहरुले महामानवको सज्ञा दिने गरेका अध्यक्ष बमलाई पछिल्लो समय विभिन्न हर्कत बाहिर आउन थाले पछि पलांता बासि अहिले आन्दोलनमा रहेका छन । यस नामर्द,आंखा फुटेका र विचारा नाउलाको बासि पानि खाने भनेर होच्याएर अभिव्यक्ति दिएपछि स्थानिय झन आक्रोसित भएको आन्दोलनमा सहभागिहरुले बताएका छन ।

पलांतामा हिजो आज दिनहुं नाराजुलुस तथा अध्यक्ष लक्ष्मण बम विरुद्ध नारावाजि गर्ने क्रम जारी रहेको छ । उनले गाउँ पालिकामा तालाबन्दि गर्न संकेत पाएपछि आप्नो घरलाई गाउँ पालिकाको कार्यालय नभई क्वारेन्टाइन बनाउने घोषणा समेत गरेका आन्दोलन कारीको भनाई रहेको छ । हामीहरुले गाउँ पालिका तालाबन्दि गर्ने योजना रहेकाले उनले त्यस अगाडी ने गाउँ पालिका सिल गर्ने र आफुले गाउँ पालिकालाई दिएको घर भारत बाट आउने नागरिकलाई व्यवस्थापन गर्ने घोषणा गरेको बताए ।
बैशाख २७ गते देखि बढेको अन्तरविरोध जिल्ला सम्म पुगेको छ भने घटनामा संलग्न भनिएका वडा न. १का अध्यक्ष मान बहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पलांता अध्यक्ष विष्णु रोकाया प्रहरी नियन्त्रणमा रहेका बेला गाउँमा भने समुदायहरु निरन्तर आन्दोलनमा रहेका छन । घटनामा घाईते भएका दुबै जना हिरासतमा रहनुले समुदायले तिन दिन भित्र आफ्ना नेत रिहा नगरे आन्दोलन झन चर्काउने चेतावनि दिएको पलांता बाट दान रोकायाले जानकारी दिएका छन । जिल्ला वासिले तत्काल दुवै पक्ष संयमित हुन आग्रह गर्दै आएका छन ।

शिक्षक कमलराज बमले दुबै पक्ष जनता प्रति उत्तरदायि हुदै पलांताका विसंगतिका विरुद्ध लाग्नु पर्नेमा जोड दिनु हुन्छ । वहां अगाडी लेख्नु हुन्छ । जनताको पक्षमा अहिले पलांतामा केही भएको छैन अब गर्न शुरुवात भएको बताएका छन ।
श्रोत जस्ताको त्यस्तै : xetTri Raj Bdr santosha Bhandari(राजेन्द्र बुढा)को फेसबुकबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित