प्रचण्ड–नेपाल समूहको स‌ंसदीय दलको बैठक बस्दै

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि प्रचण्ड–नेपाल समूहले बुधबार अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने कार्यक्रम राखेको नेताहरुले बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं सांसद पम्फा भुषालले संसदीय दलको बैठक बसेर ओलीलाई औपचारिक रुपमै संसदीय दलको नेताबाट हटाउने प्रतिक्रिया मंगलबार नै दिइसकेकी छिन् ।

यही बैठकले नै ओलीलाई औपचारिक रुपले संसदीय दलको नेताबाट हटाउने भएको हो । तर ओली समूहले आफूलाई नै पार्टीको आधिकारिक अध्यक्ष र समूह दावी गर्दै आएको छ ।

निर्वाचन आयोगले नेकपालाई अझै फुटेको आधिकारिकता नदिएकाले प्रचण्ड–नेपाल समूहले बहुमतका आधारमा ओलीलाई हटाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित