कालीकोट । नेकपा रास्कोट नगरकमिटीका अध्यक्ष धर्मराज शाही (पोषण)ले जननिर्वाचित सरकारका प्रधानमन्त्रि निरंकुश भएपनि कानुनले निरंकुशताबाट बचाउने र जनमतको कदर गर्न न्यायलयले विशेष भुमिका निर्वाह गरेको बताउनु भएको छ ।
नेकपा रास्कोट नगरकमिटिीले आयोजना गरेको संसद पुनस्थानाको स्वागत तथा विजयत्सव कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले भावि दिनमा नेपालमा स्वच्छाचारी कदम चाल्नेहरुका लागि ठुलो चुनौति दिएको बताउनु भएको छ ।
सो कार्यक्रममा रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा बम शाहीले नेपालको न्यायलयले सत्यको पक्षमा वकालत गरेको बताउदै नेपालि जनताको जित मात्र नभइ लोकतान्त्रिक संविधानको रक्षा भएको बताउनु भएको छ ।
रास्कोट नगरपालिकामा विजय उत्सवका रुपमा र्यालि सहितको कार्यक्रम गरिएको थियो ।
केपि ओलिले चालेको असंबैधानिक कदमका विरुद्ध निरन्तर आन्दोलमा रहेको नेकपाले सर्वाेच्च अदालतको फैसलाको स्वागत गर्दै अदालतको आदेश अनुसार अघि बढ्न पहल चालेको छ ।
Discussion about this post