पचालझरनामा न्यायका लागि गाउँ गाउँमा सुझाव लिदै उपाध्यक्ष तारा न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय स्तरमा न्याय सम्पादनमा के कस्तो भइरहेको छ र आगामी दिनमा के गर्दा न्याय सम्पादनमा समुदायलाई सहज हुन्छ भन्ने हेतुले पचालझरना गाउँ पालिका न्यायिक समिति संयोजक तारा न्यौपाने गाउँ गाउँमा सुझाव लिन थालेकी छन ।

पचालझरना गाउँ पालिकाका सबै वडा स्तरमा गठन गरिएका न्यायिक समितिका पदाधिकारीहरु संग अन्तरक्रिया गर्दै सुझाव लिन थालेकी हुन । पचालझरना गाउँ पालिकाको वडा न. ८मा आज न्यायिक समितिका पदाधिकारीहरु संग अन्तरक्रिया गर्दै न्यायमा सहज पहुंच कायम गर्न र समुदायले अन्याय परेमा न्याय पाउन कठिन नहोस भनेर अन्तरक्रिया गरेको बताउदै पचालझरना गाउँ पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक तारा न्यौपानेले मेलमिलाप समितिलाई सत्य तथ्य कुराका आधारमा समस्याको समाधान गर्न अनुरोध गर्नु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै संयोजक न्यौपानेले स्थानिय स्तरमा समाधान नभएका समस्याहरु माथिल्लो निकायमा सिफारिस गर्नु अनुरोध गर्नु भएको छ । अन्तरक्रियाका सहभागिहरुले न्याय सम्पादनमा आएका समस्याका बारेमा सुझाव राखेको बताइएको छ ।

कार्यक्रममा वडा न.८का कार्यवाहक वडाध्याक्ष मनऋषि संज्याल मेलमिलाप समितिका संयोजक जैरामे टमट्टा, प्राविधिक कुशल शाही लगाएत मेलमिलाप समितिका पदाधिकारीहरुको उपस्थिति रहेको बताइएको छ ।

मेलमिलाप समितिलाई मेलमिलाप डायरी समेत हस्तान्तरण गरिएको छ ।अन्तरक्रिया कार्यक्रम पचालझरनाका अन्य वडाहरुमा समेत गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित