अझै पनि कुवाको पानिको भरमा सिंगो गाउँ

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकाको सिंयाला गाउँ दलित वस्तिमा अहिले पनि कुवाको पानि खान बाध्य भएका छन । उनिहरुले खानेपानिको अभावमा कुवाको खानेपानि खानु परेको बताएका छन ।

खानेपानिको धारा बनाएको तर निरन्तर पानि आउन छोडे पछि कुवाको पानि खानुपरेको सुर्जा विकले बताइन । आफुहरुले खानेपानिका लागि पहल गरेको तर उपलब्ध नभएपछि कुवाको भरमा परेको बताएकी छन । जिल्लाको तिलागुफा नगरपालिका वडा न. ९को साविकको चिल्खाया गाविसको सिंयाला गाउँमा ६० भन्दा बढि घरधुरी रहेको बताइएको छ । खानेपानिका सम्बन्धमा वडा न. ९ का वडाध्यक्ष नरेन्द्र बाहादुर रोकायाले वडा न. ९का सबै ठाउँमा खोनपानिको समस्या रहेको बताएका छन ।

गाउँमा धारा त छ तर कहिले कांही समस्या भएमा कुवाको पानि खाने गरेको बताएका छन ।

उनले भने खानेपानि उपभोक्त समितिमा विवाद भएका कारण टेण्डर आव्हान हुंदा ढिलाई भएको बताए । अहिले ९ नम्बर वडाका ३ सय ८४ घरधुरी मध्ये एक गाउँमा एक धारा भएर २ सय ५० घरधुरीले खानेपानि पाउने गरेको उनले दावि गरेका छन ।

आगमी दशैं सम्म सबैको घरमा खानेपानिको पहुंच पुगाउन आफुले योजना बनाएको वडाअध्यक्ष रोकायाको भनाई रहेको छ । तिलागुफा नगरपालिकाका वडा न. ९ मात्र नभई अन्य वडामा खानेपानिको टड्कारो समस्या कारण त्यहाँका नागरिकहरुले समस्या झेल्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित