कालीकोटमा खाद्यको चामल सहकारी मार्फत विक्री गरिने

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनिले सहकारी मार्फत सहकार्य गरेर चामल विक्री गर्ने भएको छ । कालीकोट जिल्लाका विभिन्न स्थानिय निकायमा भएका डिपोहरु मार्फत सहकारी संस्थालाई चामल विक्री गर्न लागिएको बताइएको छ ।

जिल्लाको थिर्पु डिपोबाट संजय चौतारी उपभोक्ता सहकारी संस्था र ऐनडांडा बहुउद्देश्यिय सहकारी संस्था मार्फत चामल वितरण गर्न शुरु गरिएको बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनि कार्यालय कालीकोटका सुचना अधिकारी सागर ओलिले दुई वटा सहकारी मार्फत पचालझरना र पलांतामा चामल विक्री भएको र अन्य ठाउँमा विक्रीका लागि पहल भएको बताउनु भएको छ ।

पचालझरना स्थित संजय चौतारी उपभोक्ता सहकारीका अध्यक्ष बर्म ऐडीले बजारमा पाउने चामल भन्दा खाद्यको चामल महंगो हुने गरेकाले विक्रिमा कठिन हुन्छ की भन्ने छ त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनि शाखा कार्यालय कालीकोटमा विक्रिका लागि छुट गर्न पहल गरेको बताउनु भएको छ । अहिले कालीकोट जिल्ला शाखामा एक हजार ४ सय कुयन्टल र अन्य डिपोहरुमा गरी कुल २ हजार कुयन्टल चामल मौज्दात रहेको बताइएको छ ।

जिल्ला भर तिलागुफा नगरपालिकाको खल्लागाढ, महाबै गाउँ पालिकाको पादमघाट,पलांता गाउँ पालिकाको थिर्पु डिपोबाट चामल विक्री भएकोमा त्यस ठाउँ भन्दा फरक ठाउँमा दुरदराजका समुदायलाई सहकारी मार्फत विक्री गर्न लागिएको बताउदै सुचना अधिकारी ओलिले सहकारीलाई कुल कारोवारको ६ देखि ७ प्रतिशत सम्म कमिशन दिने र सम्बन्धित ठाउँ सम्म चामल ढुवानि गरिदिने बताउदै सहज पहुंचका लागि सहकारीलाई विक्रीको जिम्मा दिएको दावि गर्नु भएको छ ।

कालीकोट जिल्ला सदरमुकाम मान्ममा शाखा कार्यालय मार्फत डिपो सम्म चामल ढुवानि गर्ने गरिएको छ ।

पछिल्लो समय बजारको चामल भन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको चामलमा ढुवानि अनुदान भएपनि महंगो हुने गरेको स्थानियले बताउदै आएका छन । अहिले चामल जिरा मसिनो,जापनिज र मोटो चामल रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित