दुर्गमका स्वस्थ्य कर्मि नै व्लड बैंक

7
SHARES
15
VIEWS

कालीकोट । रगत अभावमा कयौंले ज्यान जाने गरेको अवस्थामा कालीकोटका स्वस्थ्य कर्मि नै व्लड बैंकको भुमिका निर्वाह गर्दै आएका छन ।

एकै जना स्वस्थ्य कर्मिले ११ पटक सम्म रक्तदान गरेका छन । शनिवार पचालझरना निवासि विमला विकलाई स्वस्थ्य कर्मि प्रकाश अधिकारीले रगत दान गरेपछि उनको ज्यान बचेको छ ।

विरामी बिमलाको शरिरमा मात्र ४ प्वाईन्ट रगत भएर अन्तिम अवस्थामा पुगेको अवस्थामा रगत दानले सहज गराएको हो । स्वस्थ्य कर्मि प्रकाश अधिकारीले  स्वस्थ्य सेवा दिवसको अवसरमा ज्यान जाने अवस्थामा शुक्रबार राति १२ वजे रगत दान गरेर विमलाको ज्यान बचेको प्रति खुशि व्यक्त गर्दै आवश्यक्ताका आधारमा रगत दान दिने बताउनु भयो ।

उनले विमला विकलाई समेत गरेर रगत दान दिएको ९ पटक भइसकेको छ । यस अधि जिल्लाका विभिन्न ठाउँका जिल्ला अस्पतालमा विरामी आउने गरेको र रगत अभावमा व्लड बैंकको संचित हुन नसकेकाले कयौंको ज्यान जाने गरेको छ ।

यस अवस्थामा खोजेको बेला रगत नपाइने र विरामीको ज्यान जाने अवस्थामा नजिक रहेका स्वस्थ्य कर्मिले रगत दिनु पर्ने अवस्था आउने गरेको छ । यस अघि व्लड बैंकको स्थापनाका लागि पहल भएपनि विविध कारणले रगत संचित गर्न कठिनाई हुने गरेको हो ।

जिल्ला जनस्वस्थ्य कार्यालय कालीकोटका व्यवस्थापक कटक महतले अहिले सम्म ११ पटक रगत दान गरिसक्नु भएको छ । कालीकोट जिल्लामा रगत व्यवस्थापनका लागि पृथ्वी रक्तदान विर फाउण्डेसन संस्था स्थापना भएको छ ।

जिल्लामा विरामीहरुको रगत अभाव भएको समयमा विभिन्न निकाय संग समन्वय गरेर रगत दान दिन पहल गर्दै आएको  छ । उक्त फाउण्डेसनले रगत दान दिन इच्छुक व्यक्ति संग सम्पर्क राखेर रगत दानका लागि पहल गर्ने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित