सामाजिक संजालमा देखिने तिता-सत्यहरु – निराजन रिजाल

7
SHARES
15
VIEWS
सामाजिक संजाल बिशेस गरि फेसबुकमा देखिने तिता-सत्यहरु !
१. धेरै मान्छेहरुलाई समाजको केहि मान्य भएपनि आफ्नै समाचार लेखेर सेलिब्रेटी बन्न चाहने हरुले आफुलाई त तेश्रो दर्जाको समाचार लेखक त बनायो नै उनका असल कामका अनुयायी हरुलाई पनि त्यस्तै बकम्फुस्से समाचार लेखक बनाईदियो !
२. धेरै मानिसहरुलाई दैनिक जीवनमा आफु जस्तो भएपनि समाज बदल्न निस्किएका युवा (वायुको ठिक उल्टो) विचारहरुको धनि बनायो !
३. अघिल्लो बर्षको मेमोरी सम्झाएर कोहि भक्कानिएर रोए भने कोहि एकदेशमा एउटा राजा बस्ने गर्दथ्यो भनेर खुशीले गदगद भए !
४. बिनासित्तिको कार्यक्रमको बिज्ञापन गर्ने थलो नै बन्यो !
५. हुदाहुदा अस्पतालमा राखेदेखी मृत घोसित गरेको, घाटसम्म लगेर पोलेको अनि, बाउ/आमाको क्रिया गरेको, श्राद गरेको फोटो राख्नु त कुनै नौलो रहेन !
६. ए बाबा भर्खर जन्मिएको बच्चा सम्म माता-पिताको फेसबुकमा राख्नु भनेको फेसबुकको देन होइन बाबु आमा को देन हो भनेर किन बुझ्न सकिन्न ? दोश्रो कुरा ल बाउ-आमाले आफ्नो वालमा रखेछन अरे तर त्यो नवजात शिशुको भिन्नै पेज बनाइदिएर गर्न खोज्या चाही के क्या ?
७. अब सेल्फीको कुरा गरौ : सेल्फिको सुरुवातमा मानिसहरुलाई यो थाहा थिएनको यो सेल्फी कहाँ कतिखेर के गरि खिच्नु पर्छ भनेर तर अहिले हर्नुपर्छ, बाथरुम सेल्फी, खाना खान लाग्दा सेल्फी सुत्दाको सेल्फी, भर्खर उठ्दाको सेल्फी, मुत्दाको सेल्फी अरु भनौ नुहाउदाको पनि सेल्फी, हुदाहुदा आची गर्दा पनि सेल्फी खिच्नु पर्ने ! मेरा एकजना साथीले त हदै गर्नुभयो उनको नजिकैको आफन्त बित्नु भएको रहेछ वहाले मृत शब् संग पनि सेल्फी खिच्न भ्याउनु भयो अनि “फुपाजुको देहान्त भएकोले घाटमा गएको अवस्था !!” अरे भाइ मरेर घाटमा त्यो पनि मृत शरीरलाइ जलाउन लाग्दा चितामा राखेर सेल्फी खिचेर के साबित गर्न खोज्या हो ? हाम्रो मानवता, समबेदना सो चितामा राखेको शब् भन्दा पहिलेनै मरिसकेको हो त ?
८. सेल्फीसंग महिला / केटि साथीहरुको मित्रता : यो मित्रता यति गहिरिएको छ कि कुरै छोडौ छदा खादाको मुख बिगारेर सुँगुर, कुकुर, चरो, मुसो केहीलाई छोडेको छैनन् , मान्छे चाही हाँडीको पिंधजस्तो छ बिउटी एपको प्रयोग गरेर अनुहार लाइ चाही एइश्रऐ राय.. या भनौ एन्जोलिना जोली जस्तो बनाउन खोज्छन … कुनै केटाले तिम्रो कुनै एप प्रयोग नगरेको ओरिजिनल फोटो पठाऊ भन्यो भनेर त्यो केटोलाइ बरु ब्लक गर्छन तर ति एपहरु प्रयोग गर्न बन्द गर्दैनन् ! मलाई त लाग्छ एकदिनका ति सबै एपहरु बन्द गरिने हो भने जम्मा प्रयोगकर्ता मध्ये केहिले त आत्मा हत्या नै गार्लान भने कहिले पुरानो सोहि एपबाट खिचिएको फोटो राखेर जुकर्बर्गलाइ भारि बोकाउछन !
९. कुरा गरौ सेल्फी भिडियोको : केहि सेलिब्रेटीहरुले डूबमास भन्ने साइट रहेछ सो साइटबाट अन्य सेलिब्रेटीको नकल गरि भिडियो निकालेको सम्म पचाउदै आएको हो ! अरुको गित गाएर सेल्फी भिडियो खिच्ने सेलिब्रेटी टन्नै भेटिन्छ पुरा कपडा लगाएको भएनी हुन्थ्यो ! मात्र २ पिस कपडा लगाएको छ अनि भिडियो बनाएको छ भन्न के खोजिएको मेरो मात्र राम्रो/ठुलो छ भन्न खोजिएको कि यो संसारमा मेरो मात्र छ भन्न खोजिएको हो बुझन मुस्किल पर्छ !
१०. अब कुरा गरौ थेगो: नेपालि युजरहरु माझ खुब चलेको थेगोहरु मध्ये एक हो यस्तो गरिसकेको अवस्था …. उफ्फ़ तिमीलाई सुत्न, उठ्न, खाना खान, मुत्न, हग्न लागेको अवस्थाको बारेमा राख्न सरम लाग्दैन भन्या दुनियामा तिमि मात्र यस्तो छैनौ जसले यो सब काम गर्छौ ! अवस्थाको प्रयोग नै गर्छौ भने मेरो प्राइभेट जेट बिमान पार्क गर्दै गरेको अवस्था भनेर राख न, साचिकै सक्छौ भने चन्द्रमा पुगेको अवस्था भनेर लेख, सगरमाथा चुचुरोमा पुगेको अवस्था भनेर लेख ! अह सक्दैनौ किनभने त्यहाँ सम्म पुग्ने मान्छेले यस्ता कहिँ नभएका कुरा लेख्न जान्दैन !
११. फेसबुक स्टाटस राख्ने तरिका : नामै लिएर भनौ दिपकराज गिरि वहाको फेसबुक स्टाटस सबभन्दा सुरुमा “आज म लेख्दैछु ……” अरे भाइ सारा दुनियालाई थाहा भैहाल्छ नि आज तिमीले लेख्दैछौ भनेर फेरी किन सुरुमा माइकिंग गर्नु पर्यो ! अमिताभ बच्चन : उनको स्टाटस जहिले पनि एफबि अनि पछाडी कुनै नम्बर हुन्छ …. हुनत ठुला सेलिब्रेटी उनको त स्टाटस गन्ने… लेख्ने मान्छे पनि छुट्टै हुदा हुन् तर तिम्रा स्टाटसको नम्बरहरुको कसलाई के काम , कि चाही तिमि बाइबालको भक्त हुनु पर्छ (याहुन्ना १२:४५ – मैले इटहरीको बाटोमा हिड्दा रिक्साको पछाडी लेखेको देख्या) यसरि लेख्या हुन्छ नि ! (कुनै धर्म समर्थन/बिरोध गर्न भने खोजिएको होइन !)
१२. अब कुरा गरौ घटनाको साक्षी फोटो राख्ने तरिका बाट : कोहि गाडीले किचेर क्षत-विक्षत भएर मरी रहेछ तिमि भने त्यसको भयानक फोटो फेसबुकमा पोस्ट गरिरहेको छ ! अनि तलतिर ६०० जनाले आर.आइ.पी. भनेर लेख्या हुन्छ, जसमध्ये कतिलाई आर.आइ.पी.को फुलफर्म र अर्थ थाहासम्म नहोला ! कतिपय ब्लग साइटहरुले झन यो स्मरण रहन्छ यसलाई शेयर गरौ भनेर आफ्नो वालमा शेयर गरौ भनेर हावा कुरा फुकेर हैरान खेलाउछ !
१३. राष्ट्रबाद/रास्ट्रप्रेम : एउटा स्टाटस देख्नुहुन्छ नेपालको झन्डा राखिएको हुन्छ लेखिएको हुन्छ “भारतको झन्डालाइ लाखौ लाइक र शेयर गर्नुहुन्छ यदि तपाइँ सच्चा देशभक्त नेपाली हुनुहुन्छ भने लाइक्स, शेयर अनि कमेन्ट गर्नुस होइन भने तपाई देशद्रोही हुनुहुन्छ !” अरे यार एउटा सोझों जसले भर्खर मात्र फेसबुक चलाउन सिक्या हुन्छा उसलाई के थाहा के गरे के हुन्छ अनि के फेसबुकमा झन्डा शेयर गर्ने देशभक्त अनि उहिले नालापानीको लडाई लड्ने चाही देशद्रोही, उबेला त फेसबुक नि थिएन अनि झन्डा पनि शेयर गरेनन !
१४. शाशन/नेता/मन्त्रि : जो कोहि आफ्नो समुदायको मन्त्रि भएन भने देशद्रोही, भ्रस्टाचारि अनि जो बाहिर बसेर रास्ट्रलाइ चुसेर तिनै जनतालाइ अलमल्याईरहेछ उचाही देशप्रेमी … हिजो तिमीले नै भोट दिएर पठाएर आज मन्त्रि भएको नेपालआमा कै छोरा चाही तिमीलाई मन नपर्ने ! अनि राम्रो गरौ सबै मिलौ भनि केहि गर्नुपर्छ भन्ने देश बनाउन एकजुट हौ भन्ने चाही भारतीय दलाल, कति राम्रो कुरा लेख्छौ भनेर तिम्रो प्रोफाइल चेक गर्यो भने थाहा हुन्छ तिम्रो हैसियत : तिम्रो ठेगाना हुन्छ सिड्नी अस्ट्रेलिया, कोलोराडो अमेरिका, पेरिस फ्रान्स, आबुधाबी दुबै, पताया थाईल्याण्ड, सनाया कतार पहिले तिमीले देखाउने देशप्रेम तिमि आफ्नै देशमा केहि गरेर बस्या भए सारै राम्रो हुने थियो ! खै तिमीले यो देशको लागि के गर्यौ ! तिमि यो देशको लागि केहि गर्न सक्दैनौ भने तिमि संग कुनै अधिकार हुन्न कि तिमि यो देशको शाशन/ नेता/ मन्त्रिलाइ भन्ने ! तिमीलाई साचिकै लाग्छ भने तिमि आउ तिमि पनि राजनीति गर अनि तिमि बनाउ यो देशलाई होइन भने कुकुर जस्तो नाभुकेको बेस !
१५. नेताहरुलाई गालि : खाडीमा ५० डिग्री तापक्रममा र मलेशियामा गएर १६ घण्टा काम गर्ने एउटा गरिब जनताको छोराले देशमा रोजगारी श्रीजना सकेनौ भनेर सरकार समक्ष गालि / गुनासो राख्नु एकदम स्वाभाविक हुन्छ र प्रशसनीय पनि हुन्छ तर तिमि युरोप छिरेको छौ यहाँ बाउको बैंक र आमाको होटेल छोडेर अनि तिमि आफ्नो मेहेनतले होइन मेहेनत नगरी दिमाग लागएर कमाइ गरि खाएको छौ भने तिमि बेरोजगार भएर होइन तिमि मात्तिएर हिड्या हौ ! तिमीले चाहेको भए त्यो विदेश जादा लाग्ने बिसौ लाख बाट यहाँ १० जनालाइ रोजगारी गर्न सक्थ्यौ अनि रास्ट निर्माणमा मध्द्त गर्नेथ्येउ अनि तिमि कुन मुखले सामाजिक संजालमा नेतालाई गालि गर्छौ…. “हाम्रो देशमा बस्ने स्थिति नै थिएन त्यहि भएर यहाँ आएर बसेको” …. “हाम्रो त सबै नेताहरु नै भ्रस्ट भएर हो नभए नेपाल सिंगापुर बनिसक्थ्यो !” …. सबैले एउटाकुरा राम्रो संग बुझे हुन्छ दुनियामा भएका सारा नेपालिहरुलाई नेपालमा जस्तो राम्रो स्थिति कुनै देशमा कहिँ पनि छैन !
१६. देश चिन्ता / अनि आफ्नो कट्टु : तिमीलाई थाहा छैन होला नेपाल कहिले पनि सिंगापुर बन्नु हुदैन नेपाल, नेपाल नै रहनु पर्छ ! तिमीलाई घर बढार्न लाज लाग्छ भैसी दुहुन लाज लाग्छ, हलो जोत्न लाज लाग्छ, कुखुरा पालन लाज लाग्छ … तर त्यो भन्दा अत्यन्तै तल्लो स्तरको काम गरेर विदेश बस्दा लाज लाग्दैन … सक्छौ भनी तिमिले विदेशमा बस्दा चर्पी सफा गर्दै गरेको …. होटेलको जुठो टेबल /भाडा चम्काउदै गर्या बेला सेल्फी खिचेर राख न … छ हिम्मत ? छैन तिमि खालि समुद्र तिर घुमेको अनि ब्रान्डीको बोतल समाएको फोटो राख्छौ ! अनि देशको चिन्ता गर्छौ ! तिमीलाई नेपालि हुनुको यतिकै गौरब छ भने किन भकारो सोरेको फोटो अनि कोदोको डीडो खाएको फोटो राखन तर पोखराको थकाली भान्छामा गएर होइन आफ्नो घरमा आमाले पकाएको ! अहँ तिमि सक्दैनौ !
१७. तिमि पहाडी/ तिमि मधेशी : अरे भाइ तिम्रो रगत चाही पहेलो छ हो ? अनि अर्को तिरको साथीको चाही कालो होला है ! पहाडिया मर्यो भनेर सामाजिक संजालमा खुशी मनाउनेहरुको लर्केतात् छ भने उता मधेश आन्दोलनमा मधेशी मर्दा मधेशी मर्यो भनेर खुशी हुने पहाडीहरु देख्छु ! कसैको मृत्यु हुदा उसको परिवारले के गुमाएको हुन्छ सोच्ने कहिले बाट ? तिमि सरकारको बिरोधमा कुरा गरेउ तिमि राष्ट्रबादी तिमि मधेशीको पक्ष अनि पहाडीको पक्षमा बोलेउकि तिमि राष्ट्रभक्त ! हिमालपारिका जिल्ला उत्पादनको नाममा हावा मात्र हुन्छा त्यहाको बारेमा कहिले सोच्ने ! कुनै बेलाका जमिन्दार जसलाई बाठाहरुले खोलाका किनारमा बस्न बाध्य तराइबासीको बारेमा कसले सोचिदिने ! उनीहरु कुन जातका के त राज्य (खसबादी/बाहुन) बादी हुन् ? पहाडबादी ? तराईबादी…. या के हुन् खोइ उनिहरुको परिचय मलाइ त उनीहरु आफ्नो भोकोपेट बादी (गरिब) हुन् ! उनीहरुको बारेमा पनि लेखौ !
१८. इन्डिया/इन्डिया : अरे यार हामीले इन्डिया भनेको विदेश हो भन्ने कहिले ? सामाजिक संजालमा ब्याक अफ इन्डिया भन्या छ … तेल दिएन भनेको छ ! नेपालमा बुद्ध जन्मिएको हो यो ध्रुब सत्य कुरा हो ! मोदीले भारत बुद्धको देश भन्दा तिमिलाइ किन समस्या बुद्ध जन्मिएको नेपाल भएपनि ग्यान भारतमै प्राप्त गर्या हो ! दोश्रो कुरा बुद्धको बाटोमा तिमि खै हिडेको ? अनि तेसै बुद्ध हाम्रो भनेर पाइन्छ ! बुद्ध भनेको यो ब्रम्हाण्डको पृथिबीको अरे यार बचेका त छैनन् धरती माताको भनौ न हुदैन ?
१९. नाका खुल्ला / बन्द : तराई मधेस बादी दलहरुले दानापानी बन्द गर्या हुन् ! नाकाबन्दी हो भने हो भनेर दुवै देशले स्विकार्नु पर्यो होइन भने दाना पनि बन्द गर्ने जस्तो अ-मानबिय कार्य मोर्चालाइ ठेगान लागाउनु पर्ने होइन ? भारत बिरोधि भएर देशबन्छ अनि देशभक्त भइन्छ भने म सबै काम धन्दा छोडेर सामाजिक संजालहरुमा त्यस्तै अभिव्यक्तिहरु दिएर बस्छु ! न भारत न मोर्चा बिरोधि कुरा गरेर समस्या समाधान हुन्छ !
२०. पत्रकार/पत्रिका/न्युज मिडिया : राम्रो समाचार आएमा पक्कै पनि कान्तिपुर/नागरिकमा लेखि/छापिएको हुनुपर्छ भन्ने बानि छ ! होइन अलि उट्पट्यान्ग समाचार आयो भने रातोपाटि/एभिन्युज/ए.बि.सी टिभी बाट आएको हो भन्ने चलन छ ! तर यस्ता समाचारहरु विशेस गरि ब्लग स्पोटले आफ्नो नाम चर्चित मिडियाको नाम जोडेर समाचार बनाइएको हुन्छ !
आजलाई यति बाकि अर्को पोस्टमा मेरा शब्दहरुले कसैलाई छोयो/रिस उठ्यो भने म माफी माग्ने वाला छैन किनभने म मेरो काम गर्छु तिमीहरु तिम्रो काम गर ! तर शब्दहरुमा त्रुटी भएमा माफी पाउ !
– लेखक युरानेस टेक नेपाल प्रा.लि.सप्टवयरमा कार्यरत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित