कालीकोट ।नेकपा माधव प्रचण्ड पक्षिय प्रेस संगठन कालीकोटले पूर्णता पाएको छ । प्रेस संगठन कर्नालि प्रदेशको बैठकले कर्नालिका १० वटै जिल्लाका संगठन समितिको पूर्णता दिएको छ ।
सोही सिल सिलामा कालीकोटमा भने संयोजकमा खडानन्द अधिकारीलाई चयन गरेको छ भने सह संयोजकमा विरेन्द्र आचार्य र प्रेरणा विकलाई चयन गरेको बताइएको छ ।
त्यसै गरी सचिवमा कर्ण कुमाललाई चयन गरेको बताइएको छ । खडानन्द अधिकारी र विरेन्द्र आचार्य शुभकालिका गाउँ पालिका हुन भने प्रेरणा विक र कर्ण कुमाल रास्कोट नगरपालिका हुन ।
यस अघि प्रेस संगठनको कालीकोट संयोजकमा भरत विष्ट थिए भने सह संयोजकमा अर्जुन प्रसाद भट्टराई भएपनि संयोजक विष्ट नेकपा केपि पक्षमा लागेपछि संयोजक खालि रहेको थियो ।
दुवै पक्षका संगठनमा सहसंयोजक भने २/२ जना राखेको छ ।
Discussion about this post