कालीकोट । प्रेस संगठन कालीकोटका सचिवमा चयन भएका कर्ण कुमालले आफुले उक्त पदबाट राजिनामा दिएको बताएका छन ।
सामाजिक संजालमा आफुले सचिव पदिको जिम्मेवारीबाट राजिनामा दिएको बताएका छन । उनलाई बधाइ दिनेको ओइरो लागेको अवस्थामा राजिनामा दिएको बताएका छन ।
आफुले तत्कालिन नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर कालीकोटको सचिव पदको जिम्मेवारीमा रहेको भएपनि अहिले भने संगठनमा आवद्ध भएको समयलाई अपहेलना गरेकामा आपत्ति जनाउदै सचिव पदमा नबस्ने बताएका हुन ।
पत्रकार कर्ण विकले आजको दिन देखि प्रेस संगठन नेपालबाट राजिनामा दिइ नबस्ने बताएका हुन ।
पत्रकार कर्ण कुमाल रारा न्युज डटकमका सम्पादक हुन ।
Discussion about this post