नेकपा प्रचण्ड माधव पक्षिय प्रेस संगठन कर्नालि प्रदेशमा विवाद

7
SHARES
15
VIEWS

कालीकोट । भर्खरै प्रेस संगठन नेपाल कर्नालि प्रदेश कमिटिले जिल्ला तहमा लगाएको टुंगो अन्तिम अवस्थामा नआउदै विवाद चर्किएको छ । पछिल्लोे समय जिल्ला स्तरमा परामर्श नगरी कमिटिको टुंगो लगाएको प्रति आपत्ति जनाउदै राजिनामा दिन शुरु भएको छ ।

प्रेस संगठन कर्नालि प्रदेश कमिटिले विभिन्न जिल्लाको नेतृत्व तथा प्रदेश कमिटिको टुंगो लगाएको थियो । उक्त निणर्यलाइ विना परामर्श र मनपरि तरिकाले गरेको भन्दै कालीकोट जिल्लाबाट राजिनामा शुरु भएको पछि कर्नालिका विभिन्न जिल्लामा त्यसको क्रम बढेको छ ।

कालीकोट जिल्लाका सचिव कर्ण कुमालले सबै भन्दै अघि राजिनामा दिएका थिए भने त्यस लगत्तै रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की, पूर्व सहसंयोजक अर्जुन भटराईले राजिनामा दिएका छन । प्रेस संगठन कर्नालि प्रदेश कमिटिका सदस्यहरुमा कालीकोटबाट राजिनामा दिनेमा वर्तमान सहसंयोजक प्रेरणा विक,सचिव कर्ण कुमाल,मिना कार्की लगाएत ९ जनाले सामुहिक राजिनामा दिएका हुन ।

उनिहरुले तल्लो तहमा परामर्श नगरेर जिल्लाका संयोजक तथा सहसयोजक तोकिएकोमा आपत्ति जनाएका हुन । प्रेस संगठनको कर्नालि प्रदेशका सदस्यहरुले समेत राजिनामा दिएका छन । प्रेस संगठन कर्नालि प्रदेश कमिटिका सदस्यहरुमा कालीकोटबाट राजिनामा दिनेमा कृष्णराज धमाला,अशोक सिंह,अर्जुन भटराई,मनिका बोहरा र जुम्लाबाट कृष्ण माया उपाध्याय लगाएत रहेका छन ।

कर्नालि प्रदेश कमिटिले १० जिल्लामा संयोजक र सहसंयोजक तथा सचिव तोकेको थियो भने ९६ सदस्यिय प्रदेश कमिटि चयन गरेको थियो ।

नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीले समेत जनवर्गि संगठन तथा मोर्चाको जिम्मेवारी तोक्दा ततः तहको पार्टी कमिटि संग आवश्यक परामर्श नगरि निणर्य लिनु विधि सम्बत होइन भन्दै समाजिक संजालमा पोष्ट गर्नु भएको छ ।

भातृ संगठन निर्माणमा सबै भन्दा कालीकोट बाट धेरैले राजिनामा दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित