बोहरा द्धारा प्रेस संगठन कर्नालि प्रदेश कमिटिबाट राजिनामा

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा प्रचण्ड माधव पक्षिय भातृ संगठन प्रेस संगठन कर्नालि प्रदेश कमिटिबाट मनिका बोहराले राजिनामा दिएकी छन ।

नेपाल पत्रकार महासंघ कालीकोटको उपाध्याक्ष रहेकी बोहराले फागुन १५ र १६ गते  प्रेस संगठन कर्नालि प्रदेश कमिटिले आफुलाई जानकारी नदिइ नाम राखेको र जिल्ला स्तरमा समेत सल्लाह र सहमति नलिई नाम राखएिकोमा आपत्ति जनाउदै उक्त कमिटिमा नरहने प्रेस नोट जारी गर्दै बताएकी हुन ।

यस अघि कालीकोटका ९ जनाले सामुहिक राजिनामा दिइ सकेका छन भने कर्नालि प्रदेश कमिटिबाट अशोक कुमार सिंह,कृष्णराज धमाला,कृष्ण माया उपाध्याय, रत्न कार्की, अर्जुन भटराईले समेत उक्त कमिटिमा नरहने भन्दै राजिनामा दिएका छन ।

प्रेस संगठन कालीकोटमा सह संयोजक तोकिएका प्रेरणा विक,सचिव कर्ण कुमालले संगठनमा गरेको त्याग तपस्याको अपहेलना र जिल्ला पार्टी तहमा परामर्श नगरी घोषणा गरेको प्रेस संगठनमा नबस्ने भन्दै  विज्ञप्ति निकालेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित