जिवनमा उपयोगि नै प्राविधिक शिक्षा हो –उपाध्यक्ष तारा न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले अहिलेको आवश्यक्ता भनेको प्राविधिक शिक्षा अनिवार्य भएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न. ८ रहेको सरस्वति माविमा छोटो अवधिको सिप विकास तालिमको उद्घाटन गर्दै पचालझरना गाउँ पालिका उपाध्यक्ष न्यौपानेले अहिले हामी संचारको विकास भनेकै प्रविधि मार्फत भएकाले प्रविधि सम्बन्धि विद्यार्थिहरु जानकार भएर सिकेको सिप व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिनु भएको छ ।

पचालझरनाको एक मात्र कम्प्युटर प्राविधिक शिक्षा आर्जन गर्ने सरस्वति मावि भिट्टामा छोटो अवधिको सिप विकास तालिम उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्क बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पचालझरना ८का वडाअध्यक्ष डम्बर टमट्टा,विद्यालयका शिक्षक तथा स्थानियको उपस्थिति रहेको थियो ।

अहिले सरस्वति मावि भिट्टामा  १८ जना विद्यार्थिहरुले कम्प्युटर पढ्दै आएका छन । उक्त विद्यालयमा विगत दुई वर्ष देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद प्रदेश कार्यालय सुर्खेतबाट सम्बन्धन प्राप्त कम्प्युटर सम्बन्धि शिक्षा पढाइ हुंदै आएको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित