कार्यालय सहयोगिले पत्रकारको नाममा टिकटक काण्डमा घुस मागे पछि ….

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला अस्पताल कालीकोटमा कार्यरत कार्यालय सहयोगि रमेश बुढाले जिल्ला अस्पताल कालीकोटमा कार्यरत अहेव नन्द बहादुर मल्ल संग घुस मागेको घटना बाहिरिएको छ ।

जिल्ला अस्पतालमा दुई महिना अघि जिल्ला अस्पतालको फार्मेसी भित्र साथिहरु विचमा मजाकमा टिकटक बनाएर पोष्ट गर्दा रमेश बुढाले सेभ गरेको र उक्त भिडियोलाई आधार बनाई सान्नित्रिवेणि निवासि रमेश बुढाले १ लाख ५० हजार घुस मागेको तर १० हजारमा दिएर सामसुम पारेको बताइएको छ ।

जिल्ला अस्पताल कालीकोट बाट डेढ महिना अघि कार्यालय सहयोगिको काम गर्दै आएको रमेश बुढा अनलाइन न्युज कालीकोटका व्युरो प्रमुख रहेको बताइएको छ । अहेव मल्ल संग पटक पटक फोन गरेर एक लाख ५० हजारबाट बार्गेनिंग गरेर अन्तिममा १० हजार दिदा फोन बाट टचर गर्न रोकिएको अहेव मल्लले बताएका छन ।

मल्ल संग पटक पटक गरी फोन मार्फत घुस मागेको अडियो रेडर्क १३ मिनेट ५७ सेकेन्ड र अर्काे १७ मिनेट ३५ सेकेन्डको अडियो छ । अडियोमा नानाथरी शब्दहरु बोली टिकटक फार्मेसीमा किन बनाको भन्दै बार्गेनिङ गरेको बताइएको छ ।

उक्त घटनाका बारेमा जिल्ला अस्पताल कालीकोटका अध्यक्ष सरोज बोगटीले जिल्ला अस्पताल कालीकोटकोमा कार्यरत कार्यालय सहयोगि रहेको तर डेढ महिना अघि राजिनामा नदिएर कार्यालयमा उपस्थित नभएको बताउदै आफुले पहिले सामान्य रुपमा लिए पनि पत्रकार भएर घुस माग्ने काम राम्रो नभएको बताउनु भएको छ ।

अनलाइन न्युज खवरबाट उनलाई हटाउने भन्ने बारे केही कुरा बाहिर आएको छैन । रमेश बुढा जिल्ला साहित्यिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित