कालीकोट । जिल्ला अस्पताल कालीकोटका एक जना स्वस्थ्य कर्मिबाट घुस लिएको विषयलाई लिएर मिडियामा आएपछि त्रिव्रिकोट मिडिया प्रालि द्धारा संचालित अनलाइन न्युज खवरका व्युरो प्रमुखलाई निष्कासन गरेको छ ।
त्रिव्रिकोट मिडिया प्रा.लिका अध्यक्ष विश्वनाथ सिमखाडा द्धारा जारी विज्ञप्तिमा अनुसान्धन गरेर सत्य तथ्य कुरा प्रमाणित नहुंदा सम्मका लागि निष्कासन गरेको उल्लेख गरेका छन ।
व्युरो प्रमुख रमेश बुढाले जिल्ला अस्पताल कालीकोटका अहेव नन्द बहादुर मल्ल संग टिकटक बनाएको भन्दै बाहिर ल्याउन धम्कि दिदै एक लाख ५० हजारमा बार्गेनिंग गरेको र अन्तमा १० हजार घुस लिएको आरोप लागेको छ ।
Discussion about this post