काण्ड गरेर गाउँपालिकाका अध्यक्ष ‘फरार’

7
SHARES
15
VIEWS

धनुषा । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका अध्यक्षले प्रयोग गरिरहेको सरकारी नम्बरप्लेटको गाडीबाट घुस रकम बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले उक्त रकमसहित गाडीका चालक र गाडीलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ । अध्यक्ष राउत भने गाडीबाट हाम फालेर फरार भएका छन् ।

गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरुको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको बताइएको छ ।

अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना आएपछि अख्तियारको टोलीले उनलाई घेरामा हालेको थियो । गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पछ्याएका थिए ।

गाडीबाट कुदेर फरार भएका अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ । अध्यक्ष राउत तत्कालीन एमालेबाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री केपी ओली निकट मानिने अध्यक्ष राउतसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित